सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

इन्द्र बानियाँले जनताले खोजेजस्तै प्रस्ताव, बागमती देखि केन्द्रसम्मै हलचल! 

इन्द्र बानियाँले जनताले खोजेजस्तै प्रस्ताव, बागमती देखि केन्द्रसम्मै हलचल! 

  • मिडिया डबली
  • बुधवार, आषाढ १५ २०७९

  • 6.4K
    SHARES

  • इन्द्र बानियाँले जनताले खोजेजस्तै प्रस्ताव,  बागमती  देखि केन्द्रसम्मै हलचल! 

    हेटौँडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपालमा हालको जनप्रतिनिधिको संख्या आवश्यक रहेको तर सेना, प्रहरी र निजामती कर्मचारीको संख्या धेरै भएकाले कटौती गर्नुपर्ने टिप्पणी गरेका छन् ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौंडामा आयोजित एक कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले नेपाली सेना र निजामती कर्मचारीहरुको संख्या धेरै आवश्यक नरहेको बताए ।

    ‘अहिले मान्छेले प्रदेशलाई अनेक कुरा गरेका छन् । प्रदेश बोझ भयो, यो भयो, त्यो भयो भनेका छन् । तर, नेपालका करिब २९ हजार जनप्रतिनिधिको जम्मा खर्च ३ अर्ब छ,’ उनले भने,  ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीको संख्या कति छ ? नेपाली सेना केको लागि धेरै चाहियो? ई–गभर्नेन्सको कुरा गर्ने अनि निजामती कर्मचारी किन धेरै चाहियो? यी कटौती गरौं । तर, जनप्रतिनिधि कटौती आवश्यक छैन ।’

    उनले हाल नेपालमा एकजना वडा सदस्य बराबर करिब २ हजार मानिस रहेको भन्दै जनप्रतिनिधि कटौती आवश्यक नभएकोमा जोड दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १४ २०७८०२:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend