काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरूले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको हो भनेको सुन्न चाहेको बताएका छन् ।
सरकारबाट फिर्ता भएपछि प्रेम आलेले सो कुरा सार्वजनिक रूपमा नै भनेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले समेत आफू ६ महिनाका लागि मात्रै सरकारमा सहभागी भएको हुँ भनेर भन्नुपर्ने बताए ।
उनले भने, ‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन । अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त । मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ ।‘
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी नभएको गुनासो गरे । फिर्ता भएका मन्त्रीले आफू लगायतका नेतासँग राम्रोसँग बोलचालसमेत नगरेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।