काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष तथा नेपाली कांग्रेसका लोकप्रिय युवानेता मीनकृष्ण महर्जनले नेपालमा खेलकुद मन्त्रीसँग ज्ञान नभएका कारण नेपालको खेलकुद धराशायी बन्दै गएको बताएका छन्।
ललितपुर जिल्ला खेलकुद विकास समितीले आरोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको कराते उसु खेलको पुरुस्कार बितरण गर्दै उनले यस्तो बताएका हुन्।
नेता महर्जनले राष्ट्रको पहिचान गराउने भनेकै खेलकुद प्रभावकारी माध्यम रहेको उनले बताए। उनले अर्जेन्टिना, ब्राजिल, इजिप्ट , सेनेगल जस्ता देश खेलुकदकै माध्यमबाट चिनिएको बताए। नेता महर्जन खेलाडीकै कारण उक्त देश चर्चमा रहने गरेको उनको भनाइ छ।
‘नेपालमा खेलकुदको नेतृत्व गरेर आउनेहरुको अवधि ६ महिना देखि वर्ष दिन हुन्छ, तर उनलाई खेलकुदको सवै कुरा सिक्न २ बर्ष लाग्छ, अनि कसरी खेलकुद बिकास हुन्छ?,’ उनले भने।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।