आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

माधव नेपालले मन्त्री हेरफेर संशोधन गर्ने

माधव नेपालले मन्त्री हेरफेर संशोधन गर्ने

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १० २०७९

  • 4.6K
    SHARES

  • माधव नेपालले मन्त्री हेरफेर संशोधन गर्ने

    काठमाडौं - सत्तारुढ एकीकृत समाजवादीको पोलिटब्युरो बैठक शुक्रबार बस्दैछ। बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

    आजको बैठकमा हालका मन्त्रीहरुले पार्टीसमक्ष राखेको सर्तका विषयमा पनि छलफल हुने बताइएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नयाँ मन्त्री थप्दा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका थिए ।

    आमनिर्वाचन आउन पाँच महिना पनि बाँकी नरहेकाले मन्त्री हेरफेर गर्दा आगामी निर्वाचनमा असर पुग्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गरेका थिए । मन्त्रीहरू रामकुमारी झाँक्री, प्रेमबहादुर आले मन्त्री फेर्ने निर्णयप्रति कडा प्रतिवादमा उत्रिएका छन् ।

    मन्त्रीबाट हट्नु परे पार्टी नै छाड्ने मनस्थितिसमेत उनीहरूले बताएका छन् । त्यही भएर आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको सूची संशोधन गर्न सक्ने स्रोतले बताएको छ ।

    यदि रामकुमारी, प्रेम आले जस्ता जनाधार बोकेका नेताले पार्टी छाडेमा निर्वाचनमा ठूलै क्षति पुग्ने अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend