आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल निकट पत्रकारको लाजामर्दो गुनासो, थाहा पाउने सबै बने अचम्मित !

माधव नेपाल निकट पत्रकारको लाजामर्दो गुनासो, थाहा पाउने सबै बने अचम्मित !

  • मिडिया डबली
  • बिहिवार, आषाढ ९ २०७९

  • 4.0K
    SHARES

  • माधव नेपाल निकट पत्रकारको लाजामर्दो गुनासो, थाहा पाउने सबै बने अचम्मित !

    काठमाडौं । सत्ता साझेदार एकीकृत समाजवादी पार्टी नेपालनिकट समाजवादी प्रेस संगठन नेपालले पछिल्लो समय सञ्चार क्षेत्रमा भएका सरकारी नियुक्ति र अवसरको बाँडफाँट विभेदपूर्ण भएको गुनासो गरेको छ।

    बिहीबार बसेको समाजवादी प्रेस संगठनको सचिवालय बैठकले सञ्चार क्षेत्रको नियुक्तिमा कांग्रेसीकरण गरिएको भन्दै सच्याउन आग्रह गरेको हो। 

    बैठकपछि महासचिव भुपराज खड्काले जारी गरेको विज्ञप्तिमा सञ्चार क्षेत्रमा कांग्रेसले एकलौटी नियुक्ति गरेकाले त्यसलाई सच्याउन पार्टीमार्फत माग गरेका छन्। यदि निर्णय नसच्याए प्रतिकार गर्ने चेतावनी पनि उक्त संगठनले दिएको छ।

    पछिल्लो समय विभिन्न सरकारी सञ्चारमाध्यम र सञ्चार संस्थाहरुमा भएका नियुक्तिमा कांग्रेसका कार्यकर्तालाई प्राथमिकता दिइएको उक्त संगठनले गुनासो गरेको छ। मात्र नियुक्ति गरेर कांग्रेसीकरण गरिएको पनि समाजवादी संगठनको भनाइ छ ।

    संगठनले एकलौटी अवसर वितरण र नियुक्तिप्रति खेद व्यक्त गर्दै सरकारले सत्ता गठबन्धनको एउटा महत्वपूर्ण दल र त्यससँग सम्बद्ध संगठनलाई गरेको अपमानजनक व्यवहार निन्दनीय रहेको जनाएको छ।

    हेर्नुहोस विज्ञप्ती 

    samajbadi-press.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend