आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

माधव नेपाललाई झलनाथ खनाल बन्दैछन् काउसो, गठबन्धन भाँड्न भित्रभित्रै गोटी चाल्दै

माधव नेपाललाई झलनाथ खनाल बन्दैछन् काउसो, गठबन्धन भाँड्न भित्रभित्रै गोटी चाल्दै

  • मिडिया डबली
  • बिहिवार, आषाढ ९ २०७९

  • 6.1K
    SHARES

  • माधव नेपाललाई झलनाथ खनाल बन्दैछन् काउसो, गठबन्धन भाँड्न भित्रभित्रै गोटी चाल्दै

     काठमाडौं - केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मौन छन् । केही दिनअघिसम्म दैनिक रूपमा सार्वजनिक कार्यक्रममा देखिने र सुनिने नेपाल यतिबेला भने त्यति खुलेका छैनन् ।

    एकीकृत समाजवादीका अर्का नेता झलनाथ खनाल सक्रिय हुन थालेपछि माधव मौन भएका हुन् । खासगरी झलनाथ अहिले सत्तारुढ गठबन्धन भाँड्न उद्यत देखिएका छन् ।

    आफू निकट नेतालाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा बाधक भएको भन्दै झलनाथले गठबन्धन भाँड्न भित्रभित्रै एमाले नेताहरूसँग सम्पर्क बढाएपछि माधव नेपाल निष्क्रिय जस्तै भएका हुन् ।

    स्थानीय तहको निर्वाचनको परिणाम आएलगत्तै एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ व्यक्तिको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।

    तर, बजेट पास नहुँदासम्म मन्त्री हेरफेर नगर्न भन्दै प्रधानमन्त्री देउवाले आग्रह गरेपछि सो निर्णय पेन्डिङमा रहँदै आएको छ । बुधबार बसेको एकीकृत समाजवादी पोलिटब्युरो बैठकले आफ्नो पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरेर अपमान गरेको ठहर गरेको थियो ।

    यदि आफ्नो पार्टीले गरेका निर्णय कार्यान्वयन नभए गठबन्धन कायमै राख्नुपर्छ भन्ने नरहेको झलनाथ खनालले बताएका थिए । एकीकृत समाजवादीको बैठकलगत्तै झलनाथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

    उनी सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका थिए । त्यहाँ पनि आफ्नो पार्टीको मन्त्रीहरू हेरफेर गर्न उनले प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए । पछिल्लो समय झलनाथको सक्रियता हेर्दा उनी पार्टी अध्यक्ष बन्न लागिपरेको जस्तो देखिन्छ ।

    पार्टीमा आफ्नो प्रभाव बढाएर अहिलेको गठबन्धन तोडेर चुनाव नजिक एमालेसँग मिल्ने झलनाथको रणनीति रहेको स्रोतले बताएको छ । त्यही भएर अहिले उनले एमाले अध्यक्ष केपी ओलीका विशेष दूतसँग नियमित डल्लुस्थित निवासमा भेटवार्ता गरिरहेको उच्च स्रोतले जनाएको छ ।

    एमाले अध्यक्ष केपी ओली पनि माओवादी केन्द्रसँग गठबन्धन नभए एकीकृत समाजवादीलाई आफूसँगै राख्ने मनस्थितिमा पुगिसकेका छन् । त्यही भएर अहिले माधव नेपाल पनि एमालेप्रति आक्रामक होइन, नरम बन्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक १६ २०७७०७:१२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend