काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र नेपाल वायुसेवा निगमका अध्यक्षबीच भएको विवाद छानबिन हुने भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो घटनामा छानबिन गर्ने निर्णय गरेको हो।
निगमका अध्यक्ष युवराज अधिकारी र प्रेम आलेबीच विवाद भएको अडियो बाहिरिएको थियो। आलेले नेवानिका अध्यक्षमाथि अश्लील बोल्दै कुटपिट गर्न खोजेको विवरणसहितको अडिओ असार ३ मा सार्वजनिक भएको थियो।
उनले अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका थिए। आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो। तर उनलाई उनको पार्टी नेकपा एकीकृत समाजवादीले कारबाहीको कुनै निर्णय लिएको थिएन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।