आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालले आगामी चुनावसम्म गठबन्धन कायमै रहने भनेपछि एमाले नेतामा छटपटी

माधव नेपालले आगामी चुनावसम्म गठबन्धन कायमै रहने भनेपछि एमाले नेतामा छटपटी

  • मिडिया डबली
  • सोमवार, आषाढ ६ २०७९

  • 3.7K
    SHARES

  • माधव नेपालले आगामी चुनावसम्म गठबन्धन कायमै रहने भनेपछि एमाले नेतामा छटपटी

    काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहने भनेपछि एमालेमा हलचल मच्चिएको छ ।

    केही समयअघिसम्म वाम एकताको प्रयास गरिरहेका एमालेमा केपी ओलीइतरका नेताहरूमा छटपटी बढेको हो । पूर्वअध्यक्ष नेपालले आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा केपी ओलीले संसद् विघटन गरेको आत्मालोचना नगरेसम्म एकता र सहकार्य नहुने स्पष्ट पारे ।

    एमालेले संसद् विघटनमा कमजोरी महसुस नगरेसम्म उससँग चुनावी गठबन्धन वा पार्टी एकताको सम्भावना नरहेको नेपालले प्रस्ट्याए ।

    ‘जसले संविधान मिच्ने काम गर्‍यो, पटक–पटक संसद् विघटन गर्ने काम गर्‍यो, त्यो पक्षले आफ्नो गल्ती–कमजोरी कति महसुस गरेको छ, यो कोणबाट हेर्ने हो भने कहीँ–कतै महसुस गरेको देखिँदैन । जे गरियो, गजब गरियो भनिसकेपछि त्यसमा पनि कुरा मिल्ने देखिएन,’ नेपालले भने, ‘त्यसमा महसुस भएको छ भने हामीलाई सुनाइदिनुहोला । त्यसपछि जिन्दगीभरि नकारात्मक भइरहनुपर्ने आवश्यकता छैन, विचार मिल्नेहरू नै एक ठाउँमा उभिने हुन् ।’

    नेता नेपालले आगामी निर्वाचनसम्म गठबन्धन भने कायमै रहने स्पष्ट गरे । ‘हाम्रो निर्वाचन प्रणाली नै एउटै पार्टीको बहुमतको सम्भावना अत्यन्तै कम छ, एकभन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्ने अवस्था छ ।

    नेपाली समाजमा मिलेर काम गर्ने संस्कृति छ, यसलाई जोगाउनुपर्छ,’ नेपालले भने, ‘आगामी चुनावसम्म त गठबन्धन कायम रहन्छ । त्यसपछि पनि यसलाई अघि बढाएर लैजानेमा ध्यान जानुपर्ने आवश्यकता छ ।’

    उनले मंसिरभित्रै संघ र प्रदेशको चुनाव हुने सम्भावना भएका कारण सिट बाँडफाँड छिटो टुंग्याउनुपर्ने बताए । उनले स्थानीय तह निर्वाचनको तुलनामा प्रदेश र संघमा तालमेल अलि सजिलो हुने सुनाए । अबको चुनावको तालमेल वा सिटको बाँडफाँडमा ढिला गर्न नहुने उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend