आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

दुर्गा प्रसाईलाई ‘सुनको लौरो’ दिने शेख मोहम्मदको धन्दा अर्कै, यस्तो छ झापा पुग्नुको कारण

दुर्गा प्रसाईलाई ‘सुनको लौरो’ दिने शेख मोहम्मदको धन्दा अर्कै, यस्तो छ झापा पुग्नुको कारण

  • मिडिया डबली
  • सोमवार, आषाढ ६ २०७९

  • 4.5K
    SHARES

  • दुर्गा प्रसाईलाई ‘सुनको लौरो’ दिने शेख मोहम्मदको धन्दा अर्कै, यस्तो छ झापा पुग्नुको कारण

    काठमाडौं - यतिबेला युएईका राजपरिवारका टाढाका नातेदार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको चर्चा छ । मेडिकल माफिया एवं एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईको निमन्त्रणामा उनी नेपाल आएका हुने ।

    उनी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै झापा गएका थिए। त्यसपछि उनी प्रसाईंले खोलेको मेडिकल कलेजका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। शेख मोहम्मदको भ्रमणबारे नेपाल सरकारलाई औपचारिक जानकारी दिइएको थिएन।

    त्यसैले निजी भ्रमणमा औपचारिक र सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भन्दै गृह मन्त्रालयले मोहम्मदलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

    झापामा युएईका राजपरिवारका सदस्य सहभागी हुने कुनै पनि कार्यक्रम नेपाल सरकारको अनुमति लिएर गरेको नपाइएको पनि गृह मन्त्रालय स्रोतले बताएको छ। युएईका राजपरिवारका सदस्यले झापाका कचनकवल र भद्रपुरमा मस्जिद, विश्वविद्यालय शिलान्यास गर्नेजस्ता कार्यक्रम तय भएका थिए। ती कार्यक्रममा गृहले रोक लगाइदिएको छ। झापा पुग्नेवित्तिकै शेख मोहम्मदलाई ‘सुनको लौरो’ दिएको तस्बिर भाइरल बनेको थियो ।

    अहिले त्यो कथित सुनको लौरोबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले छानबिन थालेको छ । अध्यागमन विभाग र भन्सार कार्यालयले छानबिन थालेलगत्तै शेख मोहम्मद र सुनको लौरो दुवै नक्कली भएको प्रचार गरिएको छ ।

    स्थानीय निर्वाचनको परिणाम आएलगत्तै प्रसाई सुटुक्क युएई पुगेका थिए । उनले त्यहाँ विभिन्न तस्कर समूहलाई भेटेको स्रोतले बताएको छ । अहिले नेपाल आएका शेख मोहम्मद लागूऔषधका चर्चित कारोबारी भएको बुझिएको छ ।

    उनी मानव तस्करी र लागूऔषधका कारोबारी भएको र नेपालमा कारोबार बढाउनकै लागि आएको उच्च स्रोतले बतायो । सोही कारण उनले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग हिमचिम बढाएको बुझिएको छ ।

    प्रसाईको एमाले अध्यक्ष केपी ओलीसँग निकै राम्रो सम्बन्ध छ । शक्ति र प्रभाव विस्तार गर्न सक्ने भएकाले पनि शेख मोहम्मदको पहिलो रोजाइ प्रसाई परेको हुनसक्ने स्रोतको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ३ २०७८०६:२०:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend