बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेसले जितेको गाउँपालिकाले गरेको निर्णयले चौतर्फी खुसियाली, प्राविधिक शिक्षा पढ्नेलाई ५ लाख दिइने 

कांग्रेसले जितेको गाउँपालिकाले गरेको निर्णयले चौतर्फी खुसियाली, प्राविधिक शिक्षा पढ्नेलाई ५ लाख दिइने 

  • मिडिया डबली
  • मंगलवार, जेठ ३१ २०७९

  • 6.2K
    SHARES

  • कांग्रेसले जितेको गाउँपालिकाले गरेको निर्णयले चौतर्फी खुसियाली, प्राविधिक शिक्षा पढ्नेलाई ५ लाख दिइने 

    पोखरा । तनहुँको ऋषिङ गाउँपालिकाले एमवीवीएस पढ्ने विद्यार्थीलाई ५ लाख रुपैयाँ छात्रबृत्ति दिने निर्णय गरेको छ । कार्यपालिकाको पहिलो निर्णयबाट नै उक्त निर्णय गरिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ‘दुर्गममा पढ्ने विद्याथी पनि डाक्टर बन्न सक्छन् भनेर हामीले यस्तो निर्णय गरेका हौं । राम्रो पढ्ने विद्यार्थी पैसा नभएर डाक्टर पढ्नबाट बन्चित नहुन् भन्ने नै उद्देश्य हो,’ उनले भने, ‘अझै आवश्यक्ता प¥यो भने रकम थप्न सक्छौं । अहिलेलाई ५ लाख भनेर निर्णय गरेका छौं ।’

    यस्तो सेवा लिनका लागि ऋषिङ गाउँपालिकाभित्रकै सरकारी स्कुलमा पढेर एसइई दिएको हुनुपर्छ । ‘यही पालिकाको स्कुलमा पढेको विद्यार्थी हुनुपर्छ । बाबूआमाले बसाईंसराईं पनि नलगेको हुनुपर्छ,’ उनले अघि भने, ‘उच्च शिक्षा भने बाहिर गएर पढेको भएपनि हुन्छ । त्यस्ता विद्यार्थीलाई पालिकाले सहयोग गर्छ ।’ उक्त विद्यार्थीले एमवीवीएस पास गरेपछि कम्तिमा ३ महिना पालिकाभित्रै सेवा दिनुपर्ने शर्त छ । हरेक वर्ष ३ देखि ५ जना विद्यार्थीले एमवीवीएस पढ्न सक्ने पालिकाको अनुमान छ ।

    यस्तै, मुस्ताङको लामोन्थाङ गाउँपालिकाले पनि इन्जिनियरिङ र एमवीवीएस पढ्ने विद्यार्थीलाई ५ लाखका दरले सहयोग गर्ने भएको छ । पालिकामा रहेको दिव्यदीप माविबाट एसइई दिएका विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न चाहेमा ५ लाख सम्म सहयोग गर्ने निर्णय कार्यपालिकाबाट गरिएको पालिका अध्यक्ष टसीन्हुर्वु गुरुङले बताए । ‘हाम्रो त विकट गाउँ हो । पढेका विद्यार्थी पाउनै गाह्रो छ । त्यसमाथी प्राविधिक शिक्षा पढ्नेहरु निकै कम छन्,’ उनले भने, ‘विद्यार्थीलाई पढाइमा उत्प्रेरणा दिनका लागि छात्रबृत्तिको कार्यक्रम ल्याएका हौं ।’ त्यहाँ एउटा मात्रै मावि छ ।

    पालिकाले एसइई दिएर प्लस टु पढ्न चाहने विद्यार्थीलाई पनि अवस्था हेरेर आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यो सहयोगको रकम भने खुलाइएको छैन । धेरैतिर चर्चाका लागि परिणाम नआउने निर्णय गरिरहँदा गण्डकीका अन्य केही पालिकाले पनि शिक्षामा जोड दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend