आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री देउवाको घोषणापछि नेविसंघका नेता कार्यकर्तामा उत्साह

प्रधानमन्त्री देउवाको घोषणापछि नेविसंघका नेता कार्यकर्तामा उत्साह

  • मिडिया डबली
  • आइतवार, जेठ २९ २०७९

  • 4.0K
    SHARES

  • प्रधानमन्त्री देउवाको घोषणापछि नेविसंघका नेता कार्यकर्तामा उत्साह

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साउन पहिलो साताभित्रै नेविसंघको कार्यसमितिले पूर्णता पाइसक्ने बताएका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष डुजाङ शेर्पाले प्रधानमन्त्री देउवासँग नेविसंघको कार्यसमितिलाई पूर्णता तथा त्रिविमा लगाएको तालाबन्दीबारे आइतबार बालुवाटारमा भएको भेटमा उनले चाँडै नेविसंघले पूर्णता पाउने बताएका हुन् । 

    कांग्रेसले नेविसंघको तदर्थ समिति गठन गर्दा अध्यक्ष शेर्पाबाहेक केन्द्रीय पदाधिकारी र सदस्यमा मनोनयन गरेको छैन। भेटमा नेविसंघ केन्द्रीय समिति विस्तार, नेविसंघ सदस्यता वितरण र १२औँ अधिवेशनलगायतका विषयमा छलफल भएको अध्यक्ष शेर्पाले जानकारी दिए।

    उनका अनुसार भेटमा नेविसंघको गतिविधि, त्रिभुवन विश्वविद्यालयको बेथिति अन्त्यका लागि उच्चस्तरीय  छानबिन समिति गठन गर्ने र संस्कृत विश्वविद्यालयलगायतका विषयमा समेत सभापति देउवालाई जानकारी गराइएको थियो। देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आइसकेकाले त्यसअघि नै नेविसंघलाई पूर्णता दिएर चुनावमा परिचालन गरिने बताएका थिए ।

    देउवाले नेविसंघले चाँडै पूर्णता पाउने बताएपछि देशभरका नेविसंघका नेता कार्यकर्तामा उत्साह छाएको छ । देउवाले महाधिवेशनबाटै नयाँ नेतृत्व ल्याउन पनि सुझाव दिएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend