बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

जापानी राजदूत यूताका र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबीच भेटवार्ता, के भयो कुराकानी? 

जापानी राजदूत यूताका र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबीच भेटवार्ता, के भयो कुराकानी? 

  • मिडिया डबली
  • शनिवार, जेठ २८ २०७९

  • 3.0K
    SHARES

  • जापानी राजदूत यूताका र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबीच भेटवार्ता, के भयो कुराकानी? 

    काठमाडौं । जापानी राजदूत एचई श्री किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा भेटवार्ता भएको छ । 

    उक्त भेटवार्तामा सशस्त्र प्रहरी बल नेपालले दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको, एक अर्कामा सहकार्य गर्दै काम गरेको तथा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराइएको थियो ।

    त्यसैगरी नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहनुकोसाथै  विपद् व्यवस्थापनमा अहम भूमिका रहेको तथा जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनाका बारेमा समेत जानकारी गराइएको थियो । 

    सोही अवसरमा जापानी राजदूतको तर्फबाट नेपाल र जापानबीचको सम्बन्ध, नेपाललाई सधै सहयोग गर्न तयार रहेको तथा सशस्त्र प्रहरी बल नेपाको कार्यादेश तथा परिचालन र विपद् व्यवस्थापनमा जापान र नेपालको अवस्था तथा सहकार्यको सम्भावनाकाबारेमा समेत कुराकानी भएको थियो । 

    उक्त भेटवार्ता कार्यक्रममा जापानी राजदूतावासका केन्जी योसमुरा र डा. शोभना बज्राचार्य तथा सशस्त्र प्रहरी नायव महानिरिक्षक बिदुर खड्काको समेत सहभागीता रहेको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २८ २०७९१०:४१:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend