बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कुनैबेला प्रचण्डलाई तह लगाएका पूर्व प्रधान सेनापती कटवाललाई लाग्यो यति ठूलो रोग, कहाँ हुँदैछ उपचार? 

कुनैबेला प्रचण्डलाई तह लगाएका पूर्व प्रधान सेनापती कटवाललाई लाग्यो यति ठूलो रोग, कहाँ हुँदैछ उपचार? 

  • मिडिया डबली
  • शनिवार, जेठ २८ २०७९

  • 10.2K
    SHARES

  • कुनैबेला प्रचण्डलाई तह लगाएका पूर्व प्रधान सेनापती कटवाललाई लाग्यो यति ठूलो रोग, कहाँ हुँदैछ उपचार? 

    काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल अस्वस्थ भएका छन् । उनका दुवै मिर्गौलामा समस्या भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ । 

    ७३ वर्षका कटवालको अहिले उक्त अस्पतालमा डायलासिस चलिरहेको छ । कटवालको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह चिकित्सकले दिएको पारिवारिक स्रोतले जानकारी दियो । चिकित्सकको सल्लाह बमोजिम कटवालले प्रत्यारोपणको तयारी गरेको बताइएको छ ।

    उनको पहिलेदेखि नै एउटा किड्नी सानो अर्थात् ‘युनिल्याटरल रेनल हाइपोप्लासिया’ भएको थियो । तर अर्को मिर्गौला भने सामान्य थियो ।

    दुवै मिर्गौलामा समस्या आएपछि अहिलेसम्म उनको चारपटक डायलासिस गरिसकिएको छ । प्रत्यारोपणका लागि ‘डोनर’ खोज्ने क्रम जारी राखेको कटवालले जानकारी दिए ।

    परिवारका एक सदस्यका अनुसार डोनर भेटिएका पनि छन् तर मिल्नुपर्ने हुनाले प्रक्रिया जारी छ फाइनल भइसकेको छैन ।

    कटवाललाई आफन्तले विदेशमा उपचार गर्न सुझाएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर उनले भने नेपालमै प्रत्यारोपण गर्ने चाहना व्यक्त गरेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २८ २०७९१०:१८:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend