काठमाडौं । वडाध्यक्षहरु नै अनुपस्थित भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ। बिहीबार दिउँसो २ बजे बोलाएको वैठकमा वडाध्यक्षहरु नआएपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
कोरम नपुगेपछि बैठक स्थगित भएको बताइएको छ। धरानमा मेयरबाहेक २७ जना कार्यपालिका सदस्य छन् । बैठकमा नगएका वडाध्यक्षहरुले भने आफूहरुलाई धरान विरोधीका रुपमा प्रस्तुत गरेको गुनासो गर्छन् । कार्यपालिकाको बैठक बस्ने बेला उपमहानगर अगाडि केहीले ‘खोला दोहोन गर्न पाईँदैन, धरान मास्न पाइदैन, हर्क साम्पाङ्ग जिन्दावाद’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
‘मेयर सा’बले १५–२० जना प्लेकार्डसहित उभ्याउनुभयो । हामीलाई धरान विरोधी जस्तो गरेर प्रस्तुत गरियो । उनीहरु नगएसम्म कार्यपालिका वैठक नबस्ने भन्यौं,’ एक सदस्य भन्छन्, ‘त्यतिबेलासम्म मेयर आउनुभएन। अनि हामी निस्कियौं ।’
धरानका मेयर हर्क साम्पाङले नगर कार्यपालिकाको पहिलो बैठकमै खोला उत्खनन नगर्ने, आवश्यक परे उपमहानगर आफैंले गर्ने प्रस्ताव राखेका थिए । वडाध्यक्षहरुले भने नगरको राजश्वसँग जोडिएको भन्दै अध्ययन गरेर मात्र निर्णय गर्नुपर्ने बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।