आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

संविधान बनाउने बेला नसोच्दा उदण्ड बने पनि बालेन र हर्कलाई पाँच वर्ष झेल्नुपर्ने बाध्यता

संविधान बनाउने बेला नसोच्दा उदण्ड बने पनि बालेन र हर्कलाई पाँच वर्ष झेल्नुपर्ने बाध्यता

  • मिडिया डबली
  • आइतवार, बैशाख १० २०८०

  • 24.4K
    SHARES

  • संविधान बनाउने बेला नसोच्दा उदण्ड बने पनि बालेन र हर्कलाई पाँच वर्ष झेल्नुपर्ने बाध्यता

    काठमाडौं - संविधान बनाउने बेला स्थानीय तहका पदाधिकारीबारे स्पष्टसँग उल्लेख र व्याख्या नगर्दा उनीहरूलाई पाँचै वर्ष नेपाली जनताले बेहोर्नुपर्ने बाध्यता आइलागेको छ ।

    नेपाली कांग्रेस, एमाले, माओवादीले संविधान बनाउँदा स्थानीय तहका जनप्रतिनिधिको सीमा के कति हुने, उदण्ड बनेर हिँडे कस्तो कारबाही हुने, के गर्दा पद रिक्त हुने भन्ने नलेखेकाले अहिले काठमाडौंमा बालेन्द्र साह बालेन र धरानमा हर्कराज राई साम्पाङको अराजकता बेहोर्न त्यहाँका जनता विवश छन् ।

    काठमाडौं महानगर प्रमुख बालेनले संघीय सरकारलाई नै चुनौती दिँदै सिंहदरबार, शीतल निवासको फोहोर उठाउन रोक लगाएका छन् ।

    उनको सो उदण्ड शैलीको अराजकता चाहने वर्गले स्वागत गरे पनि विश्वभरि यसको आलोचना भइरहेको छ । महानगर क्षेत्रभित्रको फोहोर व्यवस्थापन गर्ने जिम्मा काठमाडौं महानगरपालिकाको हो ।

    तर नदी किनारका सुकुम्बासीको घरटहरामा डोजर चलाउन अनुमति नदिएको भन्दै बालेनले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेकाले दुई साता बितिसक्दा फोहोरको डंगुर लागेको छ ।

    सर्वोच्च अदालतले तीन दिनभित्र सिंहदरबार क्षेत्रको फोहोर उठाउन महानगरलाई अन्तरिम आदेश दिएको छ । तर मेयर बालेनले अब सर्वोच्च अदालतको फोहोर पनि नउठाउने धम्की दिएका छन् ।

    यदि आजसम्म उनले फोहोर नउठाएमा अदालतको मानहानि मुद्दा पर्न सक्छ । अदालतको अवहेलना भएको ठहरमा बालेनलाई सजाय भएमा उनको पद के हुने भन्ने संविधानमा उल्लेख नै छैन ।

    यस्तै, धरानका मेयर हर्कको उदण्डता अर्कै छ । उनले आफूसँगै निर्वाचित भएर आएका वडाध्यक्षहरूको राजीनामा मागेका छन् ।

    स्थानीय तहमा मेयर मात्रै जनप्रतिनिधि हो कि वडाध्यक्ष पनि हुन् भन्ने हर्कले बिर्सेका छन् । चुनाव जितेर गएको एक वर्षसम्म पनि बालेन र हर्कराजले वडाध्यक्षहरूलाई हात लिन सकेका छैनन् ।

    सम्बन्ध राम्रो छैन । त्यसैले उनीहरूको अराजकता अझै चार वर्षसम्म जनताले सहनुपर्ने अवस्था छ । दलीय जनप्रतिनिधिलाई पार्टीले बन्देज लगाए पनि स्वतन्त्र उम्मेदवारको अराजकताले सीमा नाघेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend