आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

धरानको सडकमा निस्कियो सेना, मच्चियो उथलपुथल  

धरानको सडकमा निस्कियो सेना, मच्चियो उथलपुथल  

  • मिडिया डबली
  • बुधवार, जेठ ४ २०७९

  • 5.6K
    SHARES

  • धरानको सडकमा निस्कियो सेना, मच्चियो उथलपुथल  

    धरान । सुनसरीको धरानमा विवादको कारण मतगणना स्थगित भएको छ ।  वडा नम्बर २० को मतगणना भइरहँदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर बिना भेटिएपछि स्थगित भएको हो । उक्त मतपत्र रद्द गर्ने निर्णयले वडा नम्बर २० मा माओवादी केन्द्र पराजित भएपछि विरोध सुरु भएको छ । 

    अहिले माओवादी केन्द्रका कार्यकर्ताले मतगणनास्थल निर्वाचन अधिकृतको कार्यालयअघि प्रदर्शन गरिरहेका छन् । जसका कारण सबै वडाको मतगणना स्थगित भएको छ ।

    माओवादी कार्यकर्ताले जनताले अभिमत दिएको मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका छन् । मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । साथै पुनः मतदान हुनुपर्ने पनि उनीहरूले बताएका छन् ।

    उक्त वडामा नेपाली कांग्रेसले ४ मतले वडा अध्यक्ष जितेको छ । तर, १८ मत मध्ये धेरै माओवादी केन्द्रले आफ्नो मत रहेको र आफ्नो पार्टीको जित हुने दाबी गरेको छ ।

    केही बेरअघि सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले कानुन बमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्द हुने निर्णय भएको थियो । नेपाली कांग्रेसले जिते पनि निर्वाचन परिणाम घोषणा भएको छैन । अहिले मतदान स्थलमा नेपाली सेनासमेत खटाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १९ २०७७०६:२३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend