आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आफ्नै नेतालाई मन्त्री प्रेम आलेले ‘चिप्ले चोर र चिप्ले कीरा’ भनेपछि माधव नेपाललाई भाउन्न

आफ्नै नेतालाई मन्त्री प्रेम आलेले ‘चिप्ले चोर र चिप्ले कीरा’ भनेपछि माधव नेपाललाई भाउन्न

  • मिडिया डबली
  • मंगलवार, जेठ २४ २०७९

  • 5.7K
    SHARES

  • आफ्नै नेतालाई मन्त्री प्रेम आलेले ‘चिप्ले चोर र चिप्ले कीरा’ भनेपछि माधव नेपाललाई भाउन्न

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले फेरि विवादमा तानिएका छन् ।

    आफ्नै पार्टीका नेताहरूलाई ‘चिप्ले चोर र चिप्ले कीरा’ भनेर तथानाम गाली गरेपछि आले विवादमा तानिएका हुन् । एकीकृत समाजवादीले पहिले मन्त्री भइसकेकालाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्रीमा सिफारिस गरेको थियो ।

    तर, एकीकृत समाजवादीको सो निर्णय २४ घन्टा पनि टिकेन । यो निर्णयले सो पार्टीमा तीव्र विवाद देखियो । नेताहरू दुई ध्रुवमा विभाजित भए । झलनाथ खनाल, बेदुराम भुसाल, मेटमणि चौधरीलगायतका नेताहरू एकातिर र प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा अर्को कित्तामा उभिए।

    यो विषयलाई लिएर नेताहरूबीच आरोप प्रत्यारोप चलेका बेला मंगलबार मन्त्री आलेले पार्टीभित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्।

    पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टीभित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको दाबी गरे ।

    मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाएका छन्। ‘मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाका लागि हामीलाई तोकिएको थियो। मैले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भनेको थिएँ– हामीले त आठ महिना खान पायौँ।

    दुई महिना त ग्रेसपार्क पाइसक्यो। अरु साथीहरुलाई मौका दिने तपाईको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो, तर हाम्रै पार्टीभित्रका केही चिप्ले चोरहरु चिप्ले किराहरु आलेले धरै चलखेल गर्‍यो भनेर इन्टरभ्यू दिइरहेका छन् ।

    मलाई कुनै मन्त्रीको लोभ छैन,’ उनले भने। आलेले आफ्नै नेताहरूलाई चिप्ले कीरा र चिप्ले चोर भनेपछि अध्यक्ष नेपाल समस्यामा परेका छन् । यो विषयलाई कसरी सेफ ल्यान्डिङ गर्ने भन्ने अर्को भाउँतो उनलाई आइपरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend