काठमाडौं । बागी उम्मेदवारी दिएपछि नेकपा एमालेबाट निष्कासनमा परेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
केन्द्रीय सदस्य रामहरि खतिवडाको पहलमा मिश्र र उनकी श्रीमती कविता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिई पार्टी प्रवेश गरेका हुन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मिश्रले टिकट नपाएपछि उनी खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनले ३० मत पाएका थिए । बागी उम्मेदवारी दिएपछि एमालेले मिश्रलाई गाउँपालिका कमिटी अध्यक्षसहित साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।
चम्पादेवी गाउँपालिकामा कांग्रेसका नवराज केसी ४७१५ मतसहित विजयी हुँदा एमालेका खड्गबहादुर कार्कीले ४५६० मत पाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।