आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बस दुर्घटनाका दुई 'हिरो', जसले हामफालेर आफूसँगै अरुको पनि ज्यान जोगाए

बस दुर्घटनाका दुई 'हिरो', जसले हामफालेर आफूसँगै अरुको पनि ज्यान जोगाए

  • मिडिया डबली
  • आइतवार, जेठ २२ २०७९

  • 6.9K
    SHARES

  • बस दुर्घटनाका दुई 'हिरो', जसले हामफालेर आफूसँगै अरुको पनि ज्यान जोगाए

    काठमाडौं - आइतवार बिहानै रुपन्देहीको रोहणी नदीमा यात्रुवाहक दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो भने २३ जना घाइते भए । गाडी गन्तव्य आउन तीन किलोमिटर मात्रै बाँकी छँदा दुर्घटना भएको थियो ।

    दुर्घटनामा दुई युवा र एक बालकले भने भाग्यवश आफ्नो ज्यान जोगाउन सफल भए । उनीहरूलाई सामान्य मात्रै चोट लागेको छ । बारा सिमराका रोहन चौधरी र धनुषाको हंसपुर नगरपालिका–३ का मुफिद मन्सुरले बसबाट हाम फालेर ज्यान जोगाएका हुन् ।

    बालकको भने नाम खुलेको छैन । सबै यात्रु निदाएका बेला उनीहरू भने ब्युँझिएका थिए । बसले आफ्नो लेन छाडेर पुलको रेलिङ भाँच्दै पल्टिँदा उनीहरू बसको सिसा फोडेर बाहिर निस्के ।

    ‘मेरो छेउमा एकजना साथी थियो, उसले र मैले बसको सिसा फोडेर बाहिर निस्क्यौं,’ भैरहवास्थित भीम अस्पतालमा उपचाररत चौधरीले भने, ‘हामी दुई साथी सिसा फोडेर बाहिर निस्कँदै गर्दा एकजना सानो बालकलाई पनि झ्यालबाट तानेर बाहिर निकाल्यौं ।’

    उनीहरू दुवै जना बसको अन्तिम सिटमा बसेका थिए । दुवै जनाको खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ । ‘सिसा फोडेर बाहिर निस्केपछि शरीरले काम नगरेजस्तो भयो, अनि नदी छेउको बगरको बालुवामा म, साथी र ती सानो बालक पल्टियौँ ।

    केहीबेरमा प्रहरी आएर उद्धार गरेर अस्पताल ल्याएको हो ।’ उनले बालकलाई प्रहरीले लगेकाले आफूलाई नाम थाहा नभएको बताए । के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी पनि नभएको उनको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०८१०७:५०:२०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend