आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावबारे कांग्रेसले देशभरका जिल्ला सभापतिलाई गर्‍यो यस्तो परिपत्र (पत्रसहित)

चुनावबारे कांग्रेसले देशभरका जिल्ला सभापतिलाई गर्‍यो यस्तो परिपत्र (पत्रसहित)

  • मिडिया डबली
  • बुधवार, माघ ७ २०७७

  • 10.2K
    SHARES

  • चुनावबारे कांग्रेसले देशभरका जिल्ला सभापतिलाई गर्‍यो यस्तो परिपत्र (पत्रसहित)

    काठमाडौं – नेपाली कांग्रेसले आगामी बैशाखका लागि तोकिएको मध्यावधि निर्वाचन कार्यक्रम अन्तर्गत मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन देशभर निर्देशन दिएको छ ।

    प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गरेर बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । संसद विघटनको विरोध भइरहेपनि कांग्रेसले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमवार देशभरका जिल्ला सभापतिलाई परिपत्र पठाउँदै मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्देशन दिएका छन् ।

    निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । १८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७५३ स्थानीय तहमा आयोगले पत्र पठाएको छ ।

    निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झूटा विवरण दिई मतदाता बनेको भए उजुरी दिने लगायतका कार्यमा सहयोग गर्न निर्देशन भएको छ ।

    आयोगको कामलाई सहयोग हुने गरी चुनावी कार्यक्रममा सहभागी हुन कांग्रेसले परिपत्र गरेको छ । गत हप्ता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरुसँग छलफल गरेको थियो ।

    संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोधमा उत्रिएको कांग्रेसले निर्वाचन सम्बन्धी कार्यमा सहयोग गर्ने परिपत्र गरेको छ । 

    nce.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend