आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी प्रदेशहरूमा हुनेछ बैशाख १७ गते पहिलो चरणमा निर्वाचन

यी प्रदेशहरूमा हुनेछ बैशाख १७ गते पहिलो चरणमा निर्वाचन

  • मिडिया डबली
  • शनिवार, माघ १० २०७७

  • 4.7K
    SHARES

  • यी प्रदेशहरूमा हुनेछ बैशाख १७ गते पहिलो चरणमा निर्वाचन

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ गते पहिलो चरणमा निर्वाचन हुने प्रदेशहरूबारे जानकारी दिएका छन् ।

    सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिए ।

    ‘पहिलो चरणमा प्रदेश २ सहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश १ सहित बाग्मती र कर्णाली प्रदेशमा निर्वाचन गर्ने गरी तयारी भइरहेको छ । तर यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु,’ उनले भने ।

    अगामी बैशाख १७ र २७ गते २ चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत ओलीले बताए । आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र  धाँधलीरहित रूपमा सम्पन्न हुने उनले बताए ।

    उनले भने, ‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ ।’

    ओलीले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गरे । केही तत्वबाट विभिन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उनले घटना घट्नुअघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरूपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताए । उनले  कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गरेका छन् । 

    शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयअनुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका छन् ।

    समारोहमा गृहमन्त्री रामबहादुर थापाले परिवर्तित वर्तमान अवस्थामा अहं भूमिका निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिए । उनले आन्तरिक विद्रोह र आपराधिक गतविधि नियन्त्रणमा सशस्त्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

    थापाले सशस्त्र प्रहरीका १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायी बनाउने र सीमा निगरानी चौकीलाई ५०० पुर्‍याउने लक्ष्य गृह मन्त्रालयको रहेको जानकारी दिए । पर्वतीय उद्धार तालिम शिक्षालय बनाउने तयारी भइरहेको समेत गृहमन्त्री थापाले जानकारी दिए ।

    थापाले आवश्यकताअनुसार सशस्त्र प्रहरीमा जनशक्ति थप्दै लगिने पनि बताएका छन् ।

    सशत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनले प्राप्त गरेको जिम्मेवारीलाई निर्भिक भएर पूरा गरेको जानकारी गराउँदै यस वर्ष सीमा निगरानी चौकीको संख्या बढाएर २२० पुर्‍याउने लक्ष्य राखिएको बताए । उनले यस वर्ष १ अर्ब ४१ करोड अवैध सामान बरामद गरी भन्सार कार्यालया बुझाइएको समेत जानकारी दिएका छन् । 

    समारोहमा बंगलादेशको ढाका म्याराथनमा स्वर्ण पदक ल्याउने सशस्त्र प्रहरीकी खेलाडी पुष्पा भण्डारीलाई पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट हुने सशस्त्र प्रहरीको नम्बर १ बाहिनी मुख्यालय सुनसरीलाई पुरस्कृत गरिएको छ भने लाईफ टाइम एचिभमेन्ट अवार्डबाट पूर्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक धनबहादुर थापा क्षेत्रीलाई सम्मान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २९ २०७७०५:५८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend