काठमाडौं - नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन बागमती प्रदेश सान खेलकुद पदकबाट विभूषित भएका छन् ।
२०४२ सालदेखि सितोरियो कराते खेलमा आवद्ध महर्जन सितोरियो करातेका पाँचौ्र डान प्राप्त खेलाडी हुन् । राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवं करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन दर्जनभन्दा बढी स्वर्ण पदक प्राप्त गरिसकेका छन् ।
१९९८ मा नेपालमा भएको आठौं साफ गेममा उनी करातेको कोच थिए। त्यतिबेला करातेले १४ वटा स्वर्ण पदकका साथ नेपाल साउथ एसियामा दोस्रो स्थान ल्याउन सफल भएको थियो । अहिले नेपालमा नाम चलेका कराते खेलाडीहरू उनै मीनकृष्ण महर्जनले उत्पादन गरेका हुन् ।
महर्जन नेपाली खेलकुद जगतका हस्तीका रूपमा परिचित छन् । वैदेशिक प्रशिक्षण तथा प्रतियोगिताका क्रममा उनले जापान, फ्रान्स, जर्मनी, बेल्जियम, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, इन्डोनेसिया, हङकङ, चीन, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, भारतलगायतत थुप्रै देशको भ्रमण गरिसकेका छन् ।
खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएकै कारण महर्जन तत्कालीन राजा वीरेन्द्र शाह, तत्कालीन युवराज दिपेन्द्र शाह, प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्म्मानित भइसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।