काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केहि दिन अगाडी मात्र पदबाट राजीनामा दिए।
निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै उनले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताएका छन् । ‘हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ।
बाराको फेटा गाउँपालिका र त्यहाँको दुईवटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ।
मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ।
विचारभन्दा माथि देश भन्दै मिश्रले वैकल्पिक राजनीतिक दल र नेता बन्न खोजेका मिलन पाण्डेलगायतलाई कारबाही गरेका थिए । जसकारण पाण्डेहरूको राजनीतिक भविष्य धरापमा परेको छ ।
पार्टीको अध्यक्षबाट राजीनामा दिएका मिश्रले मिलन पाण्डेलगायतमाथि गरिएको कारबाही फिर्ता लिन र पार्टी छाडेकाहरूलाई फर्किन अनुरोध पनि गरेका छन् ।
पछिल्लो समय खुलेयाम रूपमा राजसंस्थासँग निकट भएकाले पनि मिश्रको छवि विवादमा परेको थियो । उनलाई धेरैले राप्रपासँग पार्टी एकीकरण गर्न पनि सुझाव दिएका छन् ।
तर, पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएसँगै मिश्रको राजनीतिक भविष्य पनि धरापमा परेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।