आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौंका मेयरलाई आलोचना ‘फोविया’, यसकारण भागेका रहेछन् बैठक छाडेर ! 

काठमाडौंका मेयरलाई आलोचना ‘फोविया’, यसकारण भागेका रहेछन् बैठक छाडेर ! 

  • मिडिया डबली
  • मंगलवार, जेठ ३१ २०७९

  • 5.2K
    SHARES

  • काठमाडौंका मेयरलाई आलोचना ‘फोविया’, यसकारण भागेका रहेछन् बैठक छाडेर ! 

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बागमती प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको दुई दिने स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम बीचमै छाडेर हिँडेका छन् । उनीसँगै उपमेयर सुनिता डंगोल पनि बीचमै कार्यक्रम छाडेर काठमाडौं फर्किएकी छिन् । उक्त कार्यक्रममा सहभागीहरूबाट काठमाडौं महानगरपालिकाको आलोचना भएपछि उनीहरु काठमाडौं फर्किएका हुन् । कार्यक्रम मंगलबारसम्म चल्ने तय भएपनि उनीहरु सोमबार नै काठमाडौं फर्किसकेका छन् ।

    कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले काठमाडौं महानगरको आलोचना गरेका थिए । मन्त्री जम्मकट्टेलले काठमाडौंको फोहोरका कारण धादिङ र नुवाकोटका जनतालाई असर परेका भन्दै काठमाडौं महानगरपालिकाको आलोचना गरेका थिए ।

    कार्यक्रमको उद्घाटन सत्रमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले मन्तव्य राखेका थिए । उद्घाटन सत्रमा मन्त्री जम्मकट्टेल मन्तव्य राख्दै नदीजन्य पदार्थ उत्खनन् गरेर खाला नाला मास्न नहुने भन्दै त्यसतर्फ स्थानीय तहको ध्यान पुग्नुपर्ने बताए । उनी सोही क्रममा काठमाडौं महानगरपालिकाको फोहोरको विषयमा केन्द्रीत भए । उनले काठमाडौंको फोहोरको कारण धादिङ र नुवाकोटका जनतालाई पिडा दिन नहुने भन्दै आफ्नै पालिकामा व्यवस्थापन गर्न सुझाव दिए ।

    ‘म २०६३ को अन्तरिम व्यवस्थापिका देखि पहिलो संविधानसभामा धादिङबाटै निर्वाचित भएर आएसम्म काठमाडौंको फोहोर व्यवस्थापनमा लागेँ । अझैपनि लागि नै रहेको छु,’ उनले भने, ‘यस विषयमा मेरो सुझाव जोडदार ढंगबाट राख्न चाहन्छु । अहिले पनि म धादिङकै जनप्रतिनिधि । धादिङको संघीय निर्वाचन क्षेत्र नम्बर १ मेरै निर्वाचन क्षेत्र हो । म र हालका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे त्यहीबाट निर्वाचित भएर आएका हौं । धादिङको धुनिवेशीको १ नम्बर वडा र त्योसँगै जोडिएको नुवाकोट पनि छ । काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन ।’

    ​उनले उपयुक्त विधिबाट काठमाडौंले आफ्नै क्षेत्रमा फोहोरको व्यवस्थापन गर्नुपर्ने बताए । एक पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नमिल्ने भएकाले काठमाडौंले बञ्चरेडाँडामा फोहोर फाल्न नपाउने उनले बताए । ‘त्यो फोहोर अब तपाईहरुले अब त्यहाँ लान पाउनुहुन्न। तपाईहरुले अब आफैंले व्यवस्थापन गर्ने हो । त्यो हाम्रो कानुनमा पनि छ । एउटा पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न पाउँदैन । एउटा पालिकाले गरेको कामले अरु कुनै पालिकाको नागरिकलाई असर पार्ने काम गर्न हुँदैन,’ उनले भने, ‘त्यसैले अब तपाईहरुले वडाबाट सुरु गर्नुस् । वडाको मुख्य कामको रुपमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्न लगाउनुस् । कुहिने फोहोरबाट मल बनाउनुस् । नकुहिने फोहोर आफ्नै क्षेत्रमा व्यवस्थापन गर्ने काम गर्नुस् । सोही अनुसारको प्रविधि ल्याउनुस् ।’

    जमकट्टेलले काठमाडौं महानगरपालिकाबारे टिप्पणी गरेपछि बालेन्द्र असन्तुष्ट बन्दै सोमबार नै काठमाडौं फर्किएको बताइएको छ । उनले सोमबार राति नै सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरको आलोचना गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।  ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए, ‘धन्यवाद !’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend