काठमाडौं - काठमाडौं महानगर–१२ को मतगणनामा सिर्जना सिंहले अग्रता लिएकी छन्। स्वतन्त्र उम्मेदवार बालेन साहले कमजोर सुरूवात गरेका छन् ।
समग्र मतगणनामा अरुभन्दा धेरै अगाडि रहेका बालेन यस वडामा चौथो स्थानमा छन् । अहिलेसम्म यस वडामा १५१५ मतको गणना सकिएको छ ।
जसमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले ४५५ भोट ल्याएकी छन्। एमालेका केशव स्थापितले ३४३ भोट ल्याएका छन् । तेस्रोमा छन् स्वतन्त्र उम्मेदवार सुमन सायमीले २२१ भोट आएको छन् । बालेनले २१८ भोट ल्याएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।