काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवारहरू विभिन्न विवादमा अल्झेका बेला नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भने घरदैलो अभियानमा निस्केकी छन् ।
उनी आइतबार बिहानैदेखि महानगरका मतदाताका घरदैलोमा निस्केकी हुन् । सत्ता गठबन्धनबाट कांग्रेस काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवार दिएकी नेतृ सिंह पहिलो महिला मेयर बन्ने अभियानमा छिन् ।
नेतृ सिंहको सचिवालयले आइतबारदेखि वैशाख २७ गतेसम्म बिहान र साँझ गरेर घरदैलो गरिने कार्यक्रम तय गरेको छ। जसअनुसार उनी आइतबार बिहान वडा नम्बर १ र १० मा घरदैलो गर्दैछिन्।
सोमबार बेलुकी वडा नम्बर १६ मा घरदैलो गरिने सिंहको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बिहानको घरदैलो कार्यक्रम ७ देखि १० बजेसम्म र बेलुकीको घरदैलो कार्यक्रम अपराह्न ४ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने छ।
परिपक्व महिला नेतृ भएकाले पनि काठमाडौंका मतदाताले यसपटक सिंहलाई मेयरमा चुन्ने धेरैको आकलन छ । पारिवारिक विरासतभन्दा पनि आफ्नै क्षमताकै कारण सिंहले मेयरको टिकट पाएकी हुन् ।
उम्मेदवारी दर्ता गरेदेखि यता सिंह हरेक दिन मतदातासँगै छिन् । उनले काठमाडौं महानगरलाई कसरी समृद्ध बनाउने भनी सात ‘स’ को नारा तय गरेकी छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।