आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसकी लोकप्रिय नेतृ सिर्जना सिंहको लोकप्रियताले कम्युनिस्टलाई तनाब, काठमाडौँमा चारतारे झण्डा गाड्ने !

कांग्रेसकी लोकप्रिय नेतृ सिर्जना सिंहको लोकप्रियताले कम्युनिस्टलाई तनाब, काठमाडौँमा चारतारे झण्डा गाड्ने !

  • मिडिया डबली
  • बुधवार, बैशाख २१ २०७९

  • 5.7K
    SHARES

  • कांग्रेसकी लोकप्रिय नेतृ सिर्जना सिंहको लोकप्रियताले कम्युनिस्टलाई तनाब, काठमाडौँमा चारतारे झण्डा गाड्ने !

    काठमाडौं - नेपाली कांग्रेसकी लोकप्रिय नेतृ सिर्जना सिंहको लोकप्रियताले गर्दा पछिल्लो समयमा कम्युनिस्टहरूलाई तनाब भएको छ।

    लोकप्रिय रहेकी सिर्जना नेविसंघको राजनीतिमा भिडेरै आएकी सिंहले हालकी उर्जामन्त्री पम्फा भुसाललाई पिके क्याम्पस बागबजारमा पराजित गरेकी थिइन् । उनी सिर्जना काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी छिन् ।

    गणेशमान सिंहका छोरा प्रकाशमान सिंहसँग विवाह हुनुभन्दा अगाडि नै गोरखा कांग्रेसमा आबद्ध सिंहले कार्यकर्तालाई संरक्षण गर्न मन पराउँछिन् ।

    कम्युनिस्टका मेयर र उप–मेयरका उम्मेदवारभन्दा निकै शालिन र असल रहेकी सिर्जनाको लोकप्रियता बढ्दै गएको छ। नेतृ सिर्जनालाई विजयी बनाउन कांग्रेसका कार्यकर्ताहरूले चुनावी कार्यक्रममा अपील गर्ने गरेका छन् ।

    सिर्जनाले जित्ने सम्भावना देखेपछि विशेष गरेर एमालेबाट मेयरमा उम्मेदवार बनेका केशव स्थापिटले अन्टसन्ट बोल्दै आएका छन् । महिलामाथि यौनहिंसा गरेको आरोप लामो समयदेखि खेप्दै आएका स्थापित पराजित हुने डरले आतंकित बनेका हुन् ।

    उनले दिने अभिव्यक्तिहरू निकै तल्लोस्तरको हुने गरेको चर्चा छ । विगतमा मेयर हुँदा राम्रो काम गरेर चर्चामा आएका स्थापिट एउटै पार्टी भने रहन सकेनन् ।

    अवसरका लागि जे पनि गर्न सक्ने हिम्मत राख्ने स्थापित एमाले छाडेर माले बने, माले छाडेर एमाले बनेका थिए । फेरि प्रजा परिषद पार्टीको अध्यक्ष बने, राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा काठमाडौंको टीके मेयर बने, आफ्नै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध हर्कत गर्दा मन्त्री पदबाट बर्खास्त भएका थिए ।

    निर्वाचनको प्रचार प्रसारका क्रममा स्थापितले यौनहिंसाबारे लागेको आरोपबारे प्रश्न गर्दा एक जना महिलालाई अपमानित हुने गरेर आक्रोशित हुँदै गालीगलौज गरेका थिए ।

    स्थापितलाई जनताले धेरै राम्रो नेता भन्दै आएका थिए । तर, उनको अहँकार र घमण्डले मेयरमा जितेपछि पनि यस्तै व्यवहार गरेर सेवाग्राहीलाई दुःख दिने हुन् कि भन्ने ठूलो मतदाताले आशंका गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ८ २०७९०२:३४:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend