आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजाको मेयर भएका स्थापितको सिर्जना सिंहसँग कसरी तुलना होला ?

राजाको मेयर भएका स्थापितको सिर्जना सिंहसँग कसरी तुलना होला ?

  • मिडिया डबली
  • सोमवार, बैशाख २६ २०७९

  • 6.8K
    SHARES

  • राजाको मेयर भएका स्थापितको सिर्जना सिंहसँग कसरी तुलना होला ?

    काठमाडौं - देशमा २०६२÷०६३ को जनआन्दोलन चल्दै गर्दा केशव स्थापित राजा ज्ञानेन्द्र शाहसँग लपक्कै लागेका थिए । उनी एमाले छाडेर दरबारका भित्रिया भइसकेका थिए ।

    त्यही भएर राजा ज्ञानेन्द्रले ०६२ सालमा गराएको स्थानीय निर्वाचनमा स्थापित काठमाडौंको मेयरमा उठेका थिए । प्रमुख राजनीतिक दलले बहिष्कार गरेकाले सो निर्वाचनमा स्थापित मेयरमा विजयी भएको घोषणा गरियो ।

    तर, १९ दिन जनआन्दोलनको राप र तापले ज्ञानेन्द्र शाहको राजशाही सत्ता ढल्यो । सँगै मेयरमा निर्वाचित भएका स्थापितको कुर्सी पनि गयो ।

    जब देशमा ज्ञानेन्द्र शाहले लोकतन्त्र अपहरण गरी नेताहरूलाई नजरबन्दमा राखेका थिए, त्यतिबेला अहिले काठमाडौंमा एमालेका मेयरका उम्मेदवार बनेका स्थापित राजासँग घाँटी जोडेर बसेका थिए ।

    देशमा लोकतान्त्रिक गणतन्त्र पुनःस्थापना भएसँगै स्थापितले राजालाई पनि धोका दिए । एमालेलाई त उनले पहिल्यै छाडिसकेका थिए । त्यसपछि नेपाल प्रजा परिषद्, संघीय समाजवादी हुँदै उनी पुनः एमालेमै फर्के ।

    पार्टीलाई बेलामौकामा धोका दिने स्थापितलाई एमालेले भने पुरस्कृति गरिरह्यो । प्रदेश सभा सदस्य बनायो । प्रदेश मन्त्री बनायो । अहिले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ ।

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार निर शाहले कांग्रेस नेतृ सिर्जना सिंहसँग केशव स्थापितको तुलनै हुन नसक्ने बताएपछि यो विषय फेरि बहसमा आएको छ ।

    शाहले भनेका छन्– ‘देशमा लोकतन्त्र ल्याउने आन्दोलनमा लागेकी सिर्जना सिंहलाई राजाले नजरबन्दमा राख्दा राजाबाटै मेयरको पुरस्कार पाएका स्थापितको तुलनै हुन सक्दैन ।’

    राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, भौतिक योजनामन्त्री प्रकाशमान सिंह, नेतृ सिर्जना सिंहलगायतलाई नजरबन्दमै राखेका थिए । तर, त्यसबेला स्थापित भने राजासँग मिलेर मेयरको कुर्सीमा बसेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १५ २०७९०४:३३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend