काठमाडौं - नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका मेयरमा सिर्जना सिंहको नाम टुंगो लगाएको छ ।
बुधबार बसेको कांग्रेस काठमाडौं महानगर समिति बैठकले मेयरमा कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिंहको नाम टुंगा लगाएको हो । यसअघि महानगर समिति बैठकले निलकाजी शाक्यको नाम एक नम्बरमा राखेर पठाएको थियो ।
तर, गठबन्धनले काठमाडौं महानगरपालिकाको मेयर कांग्रेसलाई दिएपछि पहिले महानगर समितिले नाम सिफारिस गरे पनि बुधबार नेतृ सिंहको नाम सिफारिस गरेको छ ।
कांग्रेस काठमाडौंका एक नेताले मेयरमा सिर्जना सिंहको नाम सिफारिस भइसकेको तर सार्वजनिक भने नगरिएको जानकारी दिए । उनका अनुसार वैशाख ११ गते मात्र नाम सार्वजनिक गरिनेछ ।
तर, सत्तारुढ गठबन्धनले बुधबार नै मेयरमा उठ्नेको नाम पठाउन भनेकाले आज महानगर समिति बैठकले सिंहको नाम सिफारिस गरेको हो । सिंह नेविसंघ, नेपाल महिला संघ हुँदै पार्टी राजनीतिमा लागेकी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।