काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाको जिल्लामा नेपाली कांग्रेसले ५० प्रतिशत स्थानीय तह जितेको छ।
कांग्रेसले चम्पादेवी गाँउपालिका, मानेभञ्ज्याङ गाउँपालिका, लिखु गाउँपालिका, सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिका जितेको छ। कांग्रेसले सिद्धिचरण नगरपालिका भने एमालेबाट खोसेको हो।
अघिल्लो स्थानीय तह निर्वाचनमा यो गनरपालिका एमालेले जितेको थियो। यस्तै लिखु गाउँपालिका पनि यसपटक कांग्रेसले एमालेबाट खोसेको छ।
तर, कांग्रेसले यसपटक खिजिदेम्बा गाउँपालिका भने गुमाएको छ। यसपटक यो गाउँपालिकामा जसपा विजयी भएको छ। ओखलढुंगाका ८ स्थानीय तह मध्ये चार पालिकामा कांग्रेस विजयी भएको छ।
एमाले, माओवादी र जसपाले एक–एक पालिका जितेका छन्। भने मानेभञ्ज्याङ गाउँपालिकामा कांग्रेस समर्थित ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन्।
कांग्रेसकै नेता रहेका रुम्दाली प्राविधिक कारणले रुख चिन्ह लिएर लड्न पाएका थिएनन्। मानेभञ्ज्याङ समेत जोड्दा कांग्रेसले पाँच पालिकामा जित निकालेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।