बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
स्थानीय तह निर्वाचन

२५ वर्ष पछी एमालेको गढ कांग्रेसले छियाछिया बनाइदियो, बिष्णु पौडेल तनाबमा !

२५ वर्ष पछी एमालेको गढ कांग्रेसले छियाछिया बनाइदियो, बिष्णु पौडेल तनाबमा !

  • मिडिया डबली
  • शनिवार, जेठ ७ २०७९

  • 7.4K
    SHARES

  • २५ वर्ष पछी एमालेको गढ कांग्रेसले छियाछिया बनाइदियो, बिष्णु पौडेल तनाबमा !

    रुपन्देही - बुटवलमा नेपाली कांग्रेसले २०५४ सालदेखि स्थानीय तहको नेतृत्व गुमाउँदै आएको थियो । जुन सयम २५ वर्ष बित्यो ।

    एमालेको एकछत्र गढ त्यो पनि नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको राजनीतिक क्षेत्र बुटवलमा ०७४ सालमा पनि कांग्रेसले फिर्ता लिन सकेको थिए ।

    त्यो बेलामा पनि कांग्रेसबाट खेलराज पाण्डे एमालेका जिल्ला पूर्वअध्यक्ष एवं निवर्तमान बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीसँग ५ हजार मतान्तरले हार ब्यहोरेका थिए ।

    तर यसपालि एमालेका तर्फबाट बाबुराम भट्टराईले टिकट पाए । एमालेबाट पात्र फरिए पनि कांग्रेसबाट उनै खेलराज दोहोरिएका छन्।

    शिवराजसँग ५ हजार मतले हारेर पाँच वर्षसम्म जनताका घरदैलोमा पुगेका खेलराजले एमालेका उम्मेदवार भट्टराईलाई ०७४ कै मतान्तरले भन्दा धेरैले हराएर जित हासिल गरेका छन् ।

    बुटवलको कुल मतदाता संख्या ९० हजार ६५ मध्ये ६३ हजार १ सय १६ मत खसेको थियो । उपमहानगरको मेयरमा नेपाली कांग्रेसका नेता बुटवल नगर सभापति खेलराज पाण्डे निर्वाचित भएका हुन् ।

    उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी मेयरका उम्मेदवार एमालेका नेता बाबुराम भट्टराईलाई धेरै मतान्तरको फरकमा शुरुदेखि नै पछाडि पार्दै आएका थिए ।

    खेलराजले ३० हजार १३० मत पाउँदा बाबुरामले २२ हजार ५५९ मात्र मत पाए । उपमेयरमा भने एमालेकी सावित्रीदेवी अर्याल विजयी भएकी छिन् । उनले २० हजार ९०४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार ९८० मत मात्र पाए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १५ २०७८०६:०१:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend