काठमाडौं । पूर्वमन्त्री गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा एमालेको गढ मानिएको पनौती नगरपालिकाको मेयर कांग्रेसले जितेको छ । एमालेका भीम न्यौपानेलाई पराजित गर्दै कांग्रेसले मेयर जितेको हो । उपमेयर भने एमालेले नै जितेको छ ।
मेयरमा ११ वटा वडाको मतगणना सकिंदासम्म कांग्रेसका रामशरण भण्डारीले २ हजार मतको अग्रता लिएका छन् । १२ नम्बर वडामा खसेको २ हजार १४६ मतमध्ये दुई सयको गणना गरिसकिएको छ । यो मतमा पनि कांग्रेसले मेयरमा ११० मत पाउँदा एमालेले मेयरमा ६२ मत पाएको छ ।
यसैले गन्न बाँकी मतमा एमालेले सबै पाए पनि कांग्रेसले मेयर जित्ने निश्चित भएको हो । सधैं एमालेको पकड रहेको लालकिल्ला भत्काउन कांग्रेस सफल भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।