आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानसेनापतिले देशभरका प्रमुखलाई दिए यस्तो निर्देशन, बढ्यो सुरक्षा चुनौती !

प्रधानसेनापतिले देशभरका प्रमुखलाई दिए यस्तो निर्देशन, बढ्यो सुरक्षा चुनौती !

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 7.7K
    SHARES

  • प्रधानसेनापतिले देशभरका प्रमुखलाई दिए यस्तो निर्देशन, बढ्यो सुरक्षा चुनौती !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सुरक्षा चुनौती बढेको विश्लेषण सुरक्षा निकायमा भएको छ ।

    सुरक्षा अंगको विश्लेषणपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर सतर्क रहन र आवश्यक परे स्थानीय प्रशासनलाई सहयोग गर्न तयार रहन देशभर सबै प्रदेशका पृतना मुख्यालयहरूलाई निर्देशन दिएका छन् ।

    सेनाका सहायकरथी प्रवक्ता सन्तोषबल्लभ पौडेलले सरकारलाई आवश्यक परेको सहयोग गर्न नेपाली सेना तयार रहेको जानकारी दिए ।

    संसद विघटन गरेर चुनाव घोषणा गर्ने सरकारको कदम विरुद्धको सम्भावित सडक प्रदर्शन र नागरिक प्रतिरोधलाई ध्यानमा राख्दै राजधानी काठमाडौंको सुरक्षा व्यवस्था आईतबार अपराह्नदेखि कडा पारिएको छ ।

    राजधानीका बालुवाटार, शितलनिवास, मन्त्रिनिवास, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर लगायत संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि सडकमा परिचालन भएका छन् ।

    नयाँ राजनीतिक घटनाक्रमबारे आईतबारै जंगीअड्डामा उच्च सैनिक अधिकारीहरुबीच छलफल समेत भएको छ । जंगीअड्डाको नीतिगत छलफल र निर्णय गर्ने निकाय पिएसओजको बैठकमा सुरक्षा अवस्थाबारे छलफल भएको छ । पिएसओजमा मुख्यालयमा कार्यरत विभागीय प्रमुख सैनिक अधिकृतको सहभागिता रहने गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर २९ २०७७०७:१३:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend