आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सेनाका एक जर्नेल सहित तीन अधिकारीको गयो जागिर, के हो कारण?

सेनाका एक जर्नेल सहित तीन अधिकारीको गयो जागिर, के हो कारण?

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 7.1K
    SHARES

  • सेनाका एक जर्नेल सहित तीन अधिकारीको गयो जागिर, के हो कारण?

    काठमाडौ–नेपाली सेनाले एक बिग्रेडियर जनरलसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गरेको छ।  समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा आइतबार सहायकरथी प्रयोगजङ राणा, महासेनानी (कर्णेल)नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो । 

    साथै अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिने फैसला गरेको छ । 

    अदालतले बिगो बराबरको रकम निजहरुबाट असुल उपर गर्ने निर्णयसहित फैसला गरेको हो । सहायकरथी राणाले एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिलवालले  १५ लाख ७९ हजार रकम हिनामिना गरेको ठहर गरेको छ ।  
     
    सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहर्याएको हो ।
         
    अभियोगमा अनुसन्धानको दायरामा रहेका महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई भने अदालतले सफाइ दिएको छ । उनीहरु अवकाश पाइसकेका सेनानी हुन् । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १९ २०७७०६:४५:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend