आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज राति बख्तरबन्दसहित नेपाली सेना काठमाडौंका सडकमा निस्किने, यस्तो छ तयारी

आज राति बख्तरबन्दसहित नेपाली सेना काठमाडौंका सडकमा निस्किने, यस्तो छ तयारी

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 7.4K
    SHARES

  • आज राति बख्तरबन्दसहित नेपाली सेना काठमाडौंका सडकमा निस्किने, यस्तो छ तयारी

    काठमाडौं – आज माघ १९ गते सोमबार राति नेपाली सेनाका बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएका छन् ।

    सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको परिक्रमा गर्ने भएको छ ।

    सेनाका ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरुबाट माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने समेत निर्देशनालयले जनाएको छ ।

    सैनिक प्रवक्ताले ट्विटरमा लेखेका छन्, ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरुबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।’

    नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

    सेनाले आवश्यकताअनुसार समय–समयमा यस्तो अभ्यास गर्दै आएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १९ २०७७०६:४५:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend