आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी रहेछन् सेनाभित्रका यौन दुराचारीहरु, गरियो निर्मम कारबाही

यी रहेछन् सेनाभित्रका यौन दुराचारीहरु, गरियो निर्मम कारबाही

  • मिडिया डबली
  • मंगलवार, श्रावण २० २०७७

  • 8.1K
    SHARES

  • यी रहेछन् सेनाभित्रका यौन दुराचारीहरु, गरियो निर्मम कारबाही

    काठमाडौं–‘नउम्रिँदै तीनपात’ भनेजस्तो तालिम नसक्दै असामान्य हर्कत देखाउन थालेपछि नेपाली सेनाका एक क्याप्टेन, एक क्याडेट सेकेण्ड लप्टन र तिनलाई तालिम सिकाउने गुरुबासमेत अस्ति सोमबारदेखि सोझै घर फिर्ता गरिएका छन् ।

    भक्तपुरको खरिपाटीमा अधिकृतस्तरको तालिम लिँदै गरेकी युवती र तालिम केन्द्रभित्रै उनलाई यौन व्यवहार गर्ने युवक यसरी निर्मम कारवाहीको शिकार भएका हुन् ।

    दुःखको कुरा त के भने असल नैतिक आचरण सिकाउनुपर्ने गुरु आफैं गलत धन्दामा लागेको पाइयो र उनलाई पनि शून्य सहनशीलताको नीतिअन्तर्गत कारबाही गरिएको छ । ती युवतीलाई भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठह¥याइएको छैन । कप्तान भने एक वर्ष पुरानो यौनकाण्ड लाग्दा कोर्टमार्शलमा परेका छन् । डेढ महिनादेखि यस प्रकरणको गोप्य छानविन चलिरहेको थियो ।

    नेपाली सेनामा गैरसैनिक ठेकेदारसम्मका हकमा आकर्षित हुने यस्तो अनुशासन सेनामै जागिर खानेका हकमा झन् कडाइका साथ लागु हुने कुरा सैन्य नेतृत्वले प्रमाणित गरिदिएको छ ।

    उता, नेपाली सेनाका लागि अमेरिकाबाट १५ हजार थान हतियार आउने भएको छ । अमेरिकासँग नेपाली सेनाका लागि एम १६, के टु सिरिजको ५.५६ र ९ एमएमका गोली लाग्ने हतियारहरू किन्न लागिएको हो । यसमा पनि उनै दीपक भट्ट संलग्न रहेको बताइन्छ । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १९ २०७७०६:४५:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend