काठमाडौं - नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर उठेका केशव स्थापितले एमाले नेताहरुलाई भ्रममा पारेर टिकट लिएको खुलेको छ।
काठमाडौंको मेयरमा चमत्कार गर्ने दाबी सहित उनले टिकट लिएका थिए। तर, मतपरिणाममा भने उनले चमत्कार देखाउन सकेनन्। उनी दोस्रो मत पाएर स्वतन्त्र उम्मेदवार बालेन शाहलाई पच्छ्याइरहेका छन्।
‘नेकपा एमालेले यहाँ केशव स्थापितलाई मेयर उम्मेदवार उठाएको थियो। एमाले नेतृत्वले मेयरमा उठाउनाले निर्णय गर्दा उनले चमत्कार गर्लान् भन्ने ठान्यो होला। उहाँले पनि चमत्कार नै गर्छु भनेर विश्वास दिलाउनु भयो,’ नेता योगेश भट्टराईले भनेका छन्, ‘पहिले पनि अलिअलि चमत्कार गरेको मान्छे केशव स्थापित कार्ड सफल हुन्छ कि भन्ने नेतृत्वलाई लाग्यो। कहिले कहिले त नेतृत्वको पनि विश्वास गलत हुन्छ नि।’
काठमाडौंलगायत सहर केन्द्रित मतदाताहरूले दलका उम्मेदवारप्रति देखाएको असन्तुष्टि हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने दलहरूले गम्भीर आत्मसमीक्षा गर्न जरूरी भइसकेको योगेशको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।