आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

एमालेका मेयर उम्मेदवार केशव स्थापित काण्डैकाण्डका पोका

एमालेका मेयर उम्मेदवार केशव स्थापित काण्डैकाण्डका पोका

  • मिडिया डबली
  • बुधवार, बैशाख १४ २०७९

  • 7.5K
    SHARES

  • एमालेका मेयर उम्मेदवार केशव स्थापित काण्डैकाण्डका पोका

    काठमाडौं - एमालेले काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बनाएका केशव स्थापित विवादै विवादको खानी हुन् भन्ने कुरा उनको पछिल्लो अभिव्यक्तिले पनि पुष्टि गरेको छ ।

    सोमबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेर फर्केपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए– विवादै भएन भने केशव स्थापित कसरी हुन्छ ? खुलमखुला आफू विवादैविवाद छवि बोकेको व्यक्ति भएको उनले स्वीकार गरेका छन् ।

    २५ वर्षपछि पनि देशकै प्रमुख महानगरपालिकामा स्थापितलाई मेयरको उम्मेदवार बनाउनुले एमाले अब नेता उत्पादन गर्न असमर्थ भइसकेको पुष्टि हुन्छ । एमालेबाट पहिलोचोटि मेयर बनेयता स्थापितले सो पार्टी नै परित्याग गरेका थिए ।

    उनी राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि काठमाडौंको मेयर बनेका थिए । एमाले छाडेपछि उनी नेपाल प्रजा परिषद् प्रवेश गरे । सो पार्टीमा एक दुई वर्ष बिताएपछि त्यो पार्टी पनि परित्याग गरे । त्यसपछि संघीय समाजवादी फोरम गए ।

    त्यो पार्टी पनि छाडेपछि उनी फेरि एमाले प्रवेश गरे । त्यसबेलासम्म उनी गाँजा अभियन्ता भइसकेका थिए । एमालेमा रहँदा सबैभन्दा बढी नियुक्ति पाउनेमा स्थापित नै पर्छन् । तर, उनी स्थिर भएका नेता होइनन् ।

    काठमाडौंको रैथाने भएको र जे मनमा लाग्यो प्रस्ट भन्न सक्ने खुबी भएकाले पनि एमाले अध्यक्ष केपी ओलीले अहिले फेरि स्थापितलाई मौका दिएका हुन् ।

    कांग्रेसबाट निर्वाचित मेयर पिएल सिंहले देशविदेशबाट संकलन गरेर टन्न पैसा राखिदिएपछि र काठमाडौं सहरको योजना तयार पारिदिएपछि मेयर बनेका स्थापितले त्यो पैसा खर्चेका थिए । काठमाडौंको माइतीघर मण्डलामा रहेका डेढ दर्जन घर भत्काएर सडक बनाउनुलाई नै एमालेले स्थापितले महान काम गर्दै आएको प्रचार गर्दै आएको छ ।

    सुरुदेखि नै एमालेमा वामदेव गौतम निकट स्थापितले मदन भण्डारीको मृत्युपछि काठमाडौं क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई हराउन विद्यादेवी भण्डारीको सेतो सारीमा रातो रंग आफूहरूले दलेर कांग्रेसले दलेको प्रचार गराई चुनाव जितेको भनेर मिडियामा अन्तर्वार्ता नै दिएका छन् ।

    यस्ता छवि बोकेका स्थापितले आफू मेयर हुँदा एक महिला पत्रकारलाई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भइसकेको छ । सोही काण्डका कारण बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले स्थापितलाई मन्त्रीबाटै बर्खास्त गरेका थिए ।

    मन्त्रीबाट बर्खास्त भएपछि स्थापित मानसिक रूपमा विक्षिप्त बनेका थिए । त्यसयता उनी गुमनाम भएका थिए । तर, फेरि एमालेले यसपटक उनलाई चर्चामा ल्याइदिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २६ २०७९११:५०:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend