आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

महिलाको बात लागेर मन्त्री पद गुमाएका स्थापित एमालेबाट काठमाडौंको मेयर उम्मेदवार, एमालेमै आक्रोश

महिलाको बात लागेर मन्त्री पद गुमाएका स्थापित एमालेबाट काठमाडौंको मेयर उम्मेदवार, एमालेमै आक्रोश

  • मिडिया डबली
  • आइतवार, बैशाख ११ २०७९

  • 8.3K
    SHARES

  • महिलाको बात लागेर मन्त्री पद गुमाएका स्थापित एमालेबाट काठमाडौंको मेयर उम्मेदवार, एमालेमै आक्रोश

    काठमाडौं - एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा चर्चित एवं विवादास्पद पात्र केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    शनिबार रातिसम्म बालकोटमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पाँचवटै महानगरपालिकाको मेयरको उम्मेदवार तोकेको हो ।

    जसमा काठमाडौंमा स्थापित, ललितपुरमा हरिकृष्ण व्यञ्जनकार, पोखरामा दिपक पौडेल, भरतपुरमा विजय सुवेदी र वीरगन्जमा विजय सरावगीलाई उम्मेदवार बनाएको छ । विराटजगर महानगरमा भने टुंगो लगाउन बाँकी छ ।

    तर काठमाडौं महानगरपालिकामा भने बागमती प्रदेश सभा सदस्य स्थापितलाई उम्मेदवार बनाउने निर्णयमा एमाले पुग्नुलाई आश्चर्य मानिएको छ । जबकि काठमाडौंको पूर्वमेयर भइसकेका स्थापितको अहिले कुनै लोकप्रियता छैन ।

    पार्टी संगठनमा पनि उनको पकड छैन । उनले एकताका एमालेसमेत छाडेका थिए । तिनै व्यक्तिलाई एमालेले काठमाडौंको मेयरको उम्मेदवार बनाउनुले सो पार्टीमा अब योग्य र क्षमतावान नेताको खडेरी देखिएको छ ।

    विवादास्पद व्यक्तिलाई मेयरको उम्मेदवार सिफारिस गरेपछि काठमाडौं महानगर एमालेमा असन्तुष्टि उत्पन्न भएको छ । स्थापित पटकपटक विवादमा परेका नेता हुन् । उनी यौनकाण्डमा समेत मुछिएका थिए ।

    पत्रकार रश्मिला प्रजापतिले स्थापितले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि उनले ०७५ कात्तिकमा बागमती प्रदेशको भौतिक योजना तथा निर्माण मन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।

    रश्मिलाले काठमाडौं महानगरपालिकाको मेयर पदमा हुँदा स्थापितले आफूमाथि यौन प्रस्ताव गरेको र अस्वीकार गर्दा आफ्नो जागिर नै गएको खुलासा गरेकी थिइन् ।

    उनले १५ वर्षअघि भएको उक्त ह्यारेसमेन्टबारे यसअघि पनि विभिन्न मिडियालाई बताएको सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छिन् । उनले भनेकी थिइन्, ‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् मलाई थाहा छ ।

    दर्जनभन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् । कति त मेरो फेसबुकको लिस्टमा पनि छन् हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’

    तर, स्थापित भने यो विषयलाई अस्वीकार गर्दै आएका छन् । उनले भनेका थिए– ‘मैले उनलाई यौन प्रस्ताव गर्दा जागिर खुस्काईएको होइन, अरु नै कारणले जागिरबाट निकालिएको हो । उनी दोस्रो पटक कन्ट्रयाकमा जागिर खान आएकी थिईन् । त्यतिबेला उनको जागिर खुस्किएको हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २६ २०७९११:५०:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend