आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

ओली र स्थापितको गालीगलौजले काठमाडौंमा कांग्रेसले चारतारे झण्डा गाड्ने !

ओली र स्थापितको गालीगलौजले काठमाडौंमा कांग्रेसले चारतारे झण्डा गाड्ने !

  • मिडिया डबली
  • सोमवार, बैशाख १९ २०७९

  • 8.2K
    SHARES

  • ओली र स्थापितको गालीगलौजले काठमाडौंमा कांग्रेसले चारतारे झण्डा गाड्ने !

    काठमाडौं - मान्छे कस्तो छ भनेर बुझ्न उसको बोली र व्यवहार नै काफी हुन्छ । अझ निर्वाचनका बेला त उम्मेदवारले बोल्ने हरेक कुरामा मतदाताको चासो हुन्छ । रिस फेर्ने बेला यही हो भनेर जनताले राम्रै बदला लिन्छन् ।

    तर, एमालेका अध्यक्ष केपी ओलीदेखि सो पार्टीका काठमाडौंका मेयरका उम्मेदवार केशव स्थापितको बोली र व्यवहारले अहिले आमजनता आजित भइसकेका छन् । ओली त गालीपुराणका विज्ञ नै भइसकेका छन् ।

    अहिले उनलाई केशव स्थापितले पछ्याइरहेका छन् । हिजोसम्म गोकुल बास्कोटा, महेश बस्नेत, सूर्य थापा, प्रदीप ज्ञवालीहरू ओलीकै पदचाप पछ्याउँदै अरुलाई गालीगलौज गर्दै आउँथे । अहिले स्थापितले उनीहरूको स्थान लिएका छन् ।

    चार दिनअघिमात्र महिलाद्वेषी अभिव्यक्ति र व्यवहार देखाएका स्थापितले आइतबार काठमाडौंका मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि नानाथरीको गालीगलौज मात्र गरेनन्, रंगभेदी व्यवहार समेत देखाए ।

    उनले बालेनलाई तराईमूलको मधेसी भन्दै नश्लीय व्यवहार देखाए । जसकारण हिजोदेखि काठमाडौंमा मात्र होइन, देशभर एमालेको मत स्वाट्टै काटिएको छ । कतिसम्म भने स्थापितले बालेनलाई अन्तर्राष्ट्रिय ठग भनेर तल्लोस्तरको व्यवहार देखाए ।

    जुन निर्वाचन आचारसंहिताविपरीत हुन्छ । यदि निर्वाचन आयोगमा स्थापितविरुद्ध उजुरी परेमा सिधै कारबाहीमा पर्न सक्छन् । बालेनविरुद्ध स्थापितले दिएको अभिव्यक्ति दण्डनीय रहेको आमजनताको बुझाइ छ ।

    केही दिनअघिसम्म स्थापित काठमाडौंमा आफ्ना प्रतिस्पर्धी उम्मेदवार नै नभएको फुइँ लगाउँदै हिँड्थे । अहिले काठमाडौं महानगरमा कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहको पक्षमा माहोल बढ्दै गएको देखिएपछि ओली र स्थापित आत्तिएका छन् ।

    सोही कारण उनीहरू बर्बराउन थालेका छन् । ओली र स्थापितविरुद्ध कसैले मानहानि मुद्दा अदालतमा हालिदियो भने मात्रै पनि दुवैमाथि कारबाही हुने निश्चित छ । तर, चुनावका बेला ओली र स्थापितले गर्ने गालीगलौजले कांग्रेसको मत भने दिनहुँ बढिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend