काठमाडौं - नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेका केशव स्थापितले पीडित भनिएकी रस्मिला प्रजापतिमाथि आपत्तिजनक टिप्पणी गरेका छन् ।
मंगलवार काठमाडौं महानगरपालिका–१ मा गरिएको अन्तरक्रिया कार्यक्रममा उनले प्रजापतिका बारेमा आफूले कुरा खोले जे पनि हुन सक्ने बताएका हुन्। उनले आफूले थप कुरा खोले भने प्रजापतिले आत्महत्या गर्ने दाबी गरे।
‘अनुचित काम गर्ने मान्छेले अस्थायी कर्मचारीलाई त आज मानेन आजै, भोलि मानेन भोलि नै निकाल्छ होला नि, ५ वर्षसम्म केही भएन,’ उनले भने, ‘उहाँको बारेमा थप कुरा खोले भने आत्महत्या नै गर्नुहुन्छ, त्यही भएर चुप लागेको । तर, हुँदै नभएको दोष बोक्नु पनि त भएन ।’
साथै प्रजापतिलाई हटाउनुमा आफ्नो कुनै दोष नरहेको बताएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।