काठमाडौं - एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले फेरि गाईजात्रा देखाएका छन् ।
यौन दुव्र्यवहारको आरोप खेप्दै आएका स्थापितलाई एक विद्यार्थी ‘मि टु’ बारे प्रश्न गरेपछि उनी फायर भएका हुन् । बुधबार नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मि टु’ आरोपको बारेमा प्रश्न गरेका थिए ।
उनी त्यो प्रश्नपछि आफू बसेको कुर्सीबाटै उठेर प्रश्न सोध्नेमाथि झन्डै जाइलागेका थिए । ‘मलाई लागेको आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ,’ स्थापितले भने, ‘यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन ।’
यति भनेपछि स्थापितलाई त्यहाँ सहभागी मेयरका उम्मेदवारहरुले आफ्नो स्थानमा बस्नको लागि ताने । बस्न खोजेका उनी फेरि उठे र बर्बराउन थाले ।
उनलाई विवेकशील साझा पार्टीको तर्फबाट महानगरको उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले सम्झाउन प्रयत्न गर्दै थिइन् । तर रिसले चुर भएका स्थापित फेरि जंगिदै उठे र भने, ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ ।’ स्थापितको यस्तो हर्कतले एमाले मतदाता निराश बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।