काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेबाट काठमाडौं महानरगपालिकामा मेयरका उम्मेदवार केशव स्थापितको बोलीले महिला मतदाताले अब सूर्य चिन्हमा भोट हाल्दा सोच्नुपर्ने बेला आएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बुधबार महामन्त्री थापाले काठमाडौंमा स–साना समस्याको समाधान गरिदिने मेयर आवश्यक भएको बताए ।
‘मैले आजैमात्र एकजना उम्मेदवारको अन्तर्वार्ता पढेँ । उहाँले सिर्जना सिंहलाई होच्याएर बोल्नुभएको रहेछ । त्यसले उहाँको महिलाप्रतिको दृष्टिकोण छताछुल्ल भएको छ,’ महामन्त्री थापाले प्रश्न गर्दै भने, ‘त्यस्ता उम्मेदवारको बोली र व्यवहारबारे अघिल्लो निर्वाचनमा सूर्यमा भोट हाल्ने महिलाले सोच्नुपर्ने बेला भएको होइन र ? भन्दा महिला र पुरुष बराबरी भन्ने, व्यवहार बराबरी हुनुपर्छ कि पर्दैन ?’ एमाले उम्मेदवार स्थापित अहिले काठमाडौंमा आफ्ना प्रतिस्पर्धी नभएको भन्दै भाषण दिँदै हिँडेका छन् ।
उनीमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । सोही आरोपमा उनले बागमती प्रदेशको मन्त्री पदबाट बर्खास्त हुनुपरेको थियो । तिनै स्थापितले अहिले आफूले चुनाव जित्ने भन्दै हिँडेका छन् ।
कांग्रेस नेता थापाले अहिले भाषण गर्ने भन्दा पनि काम गर्ने नेता चाहिएको पनि बताए । ‘काठमाडौंमा जता फर्किए पनि समस्या मात्रै छन्, त्यसैले मलाई लाग्छ हामीलाई ठूला(ठूला सपनामात्रै बाँड्ने मेयर साप चाहिएको होइन, स–साना काम गर्ने मेयर साथी चाहिएको हो,’ महामन्त्री थापाले भने ।
महामन्त्री थापाले काठमाडौंमा सडक, फुटपाथ, ढल, शिक्षा स्वास्थ्य जस्ता समस्याहरूको पहिचान गरी दिगो समाधान गर्ने नेतृत्व आवश्यक रहेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।