आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महिलाको अपमान गर्ने कम्युनिस्टलाई हराउनुस्, कांग्रेसलाई जिताउनुस् : रामहरी खतिवडा

महिलाको अपमान गर्ने कम्युनिस्टलाई हराउनुस्, कांग्रेसलाई जिताउनुस् : रामहरी खतिवडा

  • मिडिया डबली
  • शनिवार, बैशाख १७ २०७९

  • 6.9K
    SHARES

  • महिलाको अपमान गर्ने कम्युनिस्टलाई हराउनुस्, कांग्रेसलाई जिताउनुस् : रामहरी खतिवडा

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले सानो गल्तीले ५ वर्ष पछुताउने गरेर मतदान गर्न नहुने बताएका छन्।

    शनिबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका मेयर, उप–मेयर, वडाध्यक्ष र सदस्यहरूका लागि मत माग्न ओखलढुंगाका मतदाताले कपनमा राखेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले मुख नहेरेर रुखलाई हेरेर मतदान गर्न आग्रह गरे । ‘सानो गल्तीले ५ वर्षसम्म हामीले दुःख भोग्नुपर्छ । कसैको मुख नर्हेनुस्, रुख हेरेर मतदान गरिदिनुस्’, उनले भनेका छन् ।

    नेता खतिवडाले कांग्रेसलाई हराउने तागत कसैसँग नरहेको बताए । उनले भने, ‘कांग्रेसलाई हराउने तागत राजाको रहेन, राणाको रहेन, कम्युनिस्टको रहने कुरै भएन ।’

    ‘आज तितरवितर भएका दुईतिहाई दिँदा सँगै बस्न नसक्ने भाग्नेहरूलाई जिताउने होइन तपाईहरू सबै मिलेर कांग्रेसलाई जिताउनुस्’, खतिवडाले भनेका छन् । ‘हामी एउटा शक्तिसँग चुनाव लड्दै छौँ । हिजोसम्म बहुदलीय व्यवस्था नस्वीकार नगर्ने, जनताको मतबाट सरकारमा नजाने, बन्दुकका भरमा शासन चलाउँछु भन्ने, संसदीय व्यवस्थालाई अस्वीकार गर्ने पार्टीहरू सबै कुरालाई तिलाञ्जलि दिएर यही पद्धत्तिमा आयौँ है भन्ने कुराले नैतिक रुपमा पराजय भयो’, उनले भने, ‘नैतिक रुपमा पराजित भइसकेका छन् ।’

    उनले भने, ‘कांग्रेस कमजोर हुँदा नेपालको लोकतन्त्रमात्रै कमजोर भएन, कानूनी राज्य कमजोर भयो । कानूनी शासनप्रद्धति कमजोर भयो ।’ ‘मुलुकका राज्य संयन्त्रहरू कमजोर भए, राष्ट्रियता कमजोर भयो । प्रेस स्वतन्त्रता कमजोर भयो । २०६४ सालमा कांग्रेस पराजित हुँदा संविधान सभाबाट संविधान बन्न सकेन’, खतिवडले भने, ‘जब तपाईहरूले कांग्रेसले ठूलो र प्रिय पार्टी बनाउनुभयो, हामीले संविधान सभाबाट संविधान जारी मात्र गरेनौँ । सबैको संविधान बनायौँ ।’

    उनले भने, ‘नेपालका महिलाहरूलाई ३३ प्रतिशतभन्दा बढि । संसददेखि गाउँसम्म प्रतिनिधित्व हुने पद्धतिको विकास ग¥यौँ । महिलाको सम्मान गर्नमन लाग्यौँ । कांग्रेसको रुख चिन्ह लिएर उम्मेदवार बनेका एवम् गठबन्धनबाट उम्मेदवारलाई विजयी बनाउनुपर्छ ।’

    ‘बुढानिलकण्ठमा मेयर र उप–मेयर जो भए पनि बालबालिकालाई ढलले बगाएर बच्चाहरू बेपत्ता भएका छन् । उनीहरू कहाँ बसेका छन् ?’, खतिवडाले प्रश्न गरेका छन् । ‘यतीमा भएका भ्रष्टार, ओम्नीमा भएका भ्रष्टाचारहरू, मोबाइलमा भएका भ्रष्टाचार, एनसेलमा भएका भ्रष्टाचारहरूसँग मिलेर कांग्रेसलाई हराउन ठूलो तागत लागेको छ’, खतिवडाले भनेका छन् ।

    ‘एउटा मन्दिरमा भेटी चढाउन ४–४ लाख केपी ओली तयार छन् भने जनता किन्न जस्तोसुकै प्रपञ्च गर्न तयार छन् । त्यसका लागि हामी सजग हुनुपछ’, नेता खतिवडाले भनेका छन् । ‘नेपालको राजनीतिक इतिहाँसमा नेपाली कांग्रेसले गरेको योगदानको मात्रै नेपाली जनतलो स्मरण गरे भने नेपालमा यो शक्ति हराउने तागत कसैको पनि छैन’, उनले भनेका छन् ।

    उनले भने, ‘२००७ सादेखि सबै परिवर्तनहरूको नेतृत्व नेपाली कांग्रेसले मात्रै गरेको छ ।’ ‘हुँदा–हुँदा दुइटा कम्युनिस्ट पार्टीहरू मिलेर जाँदा संविधान सभाबाट संविधान निर्माण गर्न सकेनौं’, उनले भने । ‘नेपालको राजनीति अलिक फरक बाटोमा गएको छ । चुनावबाट झण्डै दुईतिहाईको बहुमत पाएको सरकार’, उनले भने, ‘तीन वर्षमा जुनबाटो समात्नुपर्ने थियो त्यो समात्न सकेन । एक वर्षमा संसद दुई–दुई पटक विघटन ग¥यो । संसद चल्न दिन भएन ।’

    ‘केशव स्थपित हुन्, केपी ओली हुन्, चाहे गोकुल बास्कोटा हुन् । महिलामाथिका अपमानका कुराहरू लिएर फेरि सडकमा आएका छन्’, उनले भने, ‘कहिले राजावादी हुने, कहिले गणतन्त्रवादी हुने, कहिले बामदेव हुने, कहिले रामदेव हुने, आफ्नो दिमाग नभएकोलाई भोट दिएर हामी के गर्न खोजेका छौं ?’ बुढानिकलण्ठ नगरपालिकाको मेयरमा कांग्रेसले विनोद चालिसे र उप–मेयरमा रमिला वाग्ले उम्मेदवार बनेका छन् ।

    यसअघि बुढानिकलण्ठमा एमालेले जितेको थियो । यस पटक एमालेलाई हराएर कांग्रेसले जितेर इतिहाँस रच्ने चयारीमा छ । बुढानिलकण्ठ नगरपालिका काठमाडौंको क्षेत्र नं. ४ मा पर्छ । यो क्षेत्र कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र पनि हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend