सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

भुइँकटहर चिन्ह लिएर रेणु हराउने तयारीमा पौडेल, खुमलटारमा उथलपुथल

भुइँकटहर चिन्ह लिएर रेणु हराउने तयारीमा पौडेल, खुमलटारमा उथलपुथल

  • मिडिया डबली
  • शनिवार, बैशाख १७ २०७९

  • 6.0K
    SHARES

  • भुइँकटहर चिन्ह लिएर रेणु हराउने तयारीमा पौडेल, खुमलटारमा उथलपुथल

    चितवन - भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् ।

    नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट स्वतन्त्र उम्मेदवारी दिएका पौडेललाई मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललाई चुनाव चिन्ह दिएको हो।

    कांग्रेसले मेयरका उमेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ ।

    भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका छन् । दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् ।

    गठबन्धनबाट मेयरको उमेदवार बनेकी रेनु दाहालले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र एमालेका विजय सुवेदीले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ८ २०७९०९:१४:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend