काठमाडौं - चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई कार्यकर्ताले सुरक्षा दिने भएका छन्।
कांग्रेस चितवनका कार्यकर्ताले पौडेलको घर घेरेर सुरक्षा दिने भएका हुन्। पौडेललाई उम्मेदवारी फिर्ता लिन दबाब बढाइएको प्रहरीले वल प्रयोग गर्न सक्ने भन्दै कार्यकर्ताले सुरक्षा दिने भएका हुन्।
राज्य संयन्त्रले उम्मेदवारी फिर्ता गराउन दबाब दिएकाले सुरक्षा थ्रेट महसुस भएको पौडेल पक्षधर नेताहरुले बताएका छन्।
‘स्वतन्त्र उमेदवार जगन्नाथ पौडेललाई राज्य संयन्त्र र प्रहरी वल प्रयोग गरि उम्मेदवारी फिर्ता गराउन दवाव दिने र धम्की आइरहेको हुँदा पौडेलले सुरक्षाको थ्रेट भएको महसुस भएकाले सम्पुर्ण कार्यकर्तालाई पौडेलको घरमा भेला भएर सुरक्षा दिन आग्रह गरेका छौं,’ पौडेल पक्षीय एक नेताले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।