काठमाडौं - नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा पार्टीबाट बागी उम्मेदवारी दिएका नेता मिलाउने प्रयत्न गरिरहेको छ।
सोही क्रममा चितवन पुगेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटासँग भेट गरेका छन् । भरतपुरको मेयर पदमा उम्मेदवारी दिएका पूर्वसांसद जगन्नाथ पौडेलको प्रस्तावक रहेका सापकोटालाई भेटेर खाणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
गठबन्धन र चुनावी तालमेल राष्ट्रिय आवश्यकता बनेको भन्दै गृहमन्त्री खाणले भरतपुरका कारण देशैभरी कांग्रेसलाई समस्या पर्ने दाबी सहित उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् ।
गृहमन्त्री खाणले लंकुस्थित सापकोटाको निवासमै पुगेर उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् । खाणले बागी उम्मेदवारी दिएका पौडेललाई समेत भेट्दैछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।