सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

भुइँकटहर चिन्ह लिएर चुनाव लडेका जगन्नाथले दिए कांग्रेसजन खुसी पार्ने अभिव्यक्ति, कम्युनिस्टहरु हिस्सै! 

भुइँकटहर चिन्ह लिएर चुनाव लडेका जगन्नाथले दिए कांग्रेसजन खुसी पार्ने अभिव्यक्ति, कम्युनिस्टहरु हिस्सै! 

  • मिडिया डबली
  • आइतवार, जेठ ८ २०७९

  • 16.9K
    SHARES

  • भुइँकटहर चिन्ह लिएर चुनाव लडेका जगन्नाथले दिए कांग्रेसजन खुसी पार्ने अभिव्यक्ति, कम्युनिस्टहरु हिस्सै! 

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका कांग्रेसबाट विद्रोह गरेर चुनाव लडेका जगन्नाथ पौडेलले कांग्रेस छाडेर कतै नजाने बताएका छन्। बागी उम्मेदवारी दिएका पौडेललाई कांग्रेसले कारबाही गरेको छ। तर, उनी भने कांग्रेस छाडेर कतै नजाने बताउँछन्।

    ‘हामी किन अरु पार्टीमा जाने? हामी मुल पार्टी हौं र मुलधारमा छौं, हामीलाई अन्य पार्टीमा जान आवश्यक छैन,’ उनी भन्छन्, ‘तपाईं हेर्दै जानुहोला हँसिया हथौडाको प्रचार गरेर हिंड्नुभएको छ, पछि आउने ठाउँ त यही हो नी। हँसिया हथौडालाई भोट हाल्ने  साथीहरु विस्तारै हाम्रोमा आउँछन्।’ 

    उनले आफूले पार्टीलाई बलियो बनाउन लागेकाले कसैसँग तिक्तता नरहेको दाबी गर्छन्। ‘म त पार्टीलाई सुदृढ, संगठित बनाउनुपर्छ, पार्टीमा निष्ठाको कदर हुनुपर्छ भनेर राष्ट्रियस्तरमा संयोजनको रुपमा काम गर्नेछु। मेरो पार्टीसँग कुनै तिक्तता छैन। कुनै नराम्रो छैन, म समदूरीमा छु। मेरो व्यक्तिगत कुरा होइन। राजनीतिको लागि यो कदम चालेको हुँ। मलाई नजिक र टाढा हुनुपर्ने कारण छैन,’ उनी भन्छन्। 

    एमालेले भरतपुरको मेयरका लागि जितको आत्मविश्वास गुमाइसकेको उनको दाबी छ। ‘मैले त मेरै मत ल्याएको हो। घाटा–नाफा कसलाई भयो भन्‍ने कुरामा म जान चाहन्‍नँ। मलाई आउने मतको प्रकृति हेर्नुभयो भने चौतर्फी छ र संवेदनशील मत मलाई आएका छन्। मलाई मत दिनेहरु जागरुक, चेतनशील छन्, उनीहरुको निष्ठाको राजनीतिको लागि पुरस्कारका दिनुपर्छ,’ उनले भनेका छन्। पौडेलले अहिलेसम्म १२ हजार ८१० मत ल्याएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend