ललितपुर - स्कुल अफ डेमोक्रेसी ललितपुरद्वारा जावलाखेलमा रक्तदान कार्यक्रम गरिएको छ ।
शनिबार भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय खेलकुद परिषद पूर्व कोषाध्यक्ष नेपाली कांग्रेस ललितपुर जिल्लाका प्रभावशाली नेता मीनकृष्ण महर्जनले उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि महर्जनले रगतको अभावले बिरामीको मृत्यु हुने गरेकाले स्कुल अफ डेमोक्रेसी ललितपुरले रक्तदान कार्यक्रम गरेर सह्रानीय कार्य गरेको भन्दै विशेष धन्यवाद व्यक्त गरेका छन् ।
स्कुल अफ डेमोक्रेसी ललितपुरले प्रत्यक महिना खेलकुद कार्यक्रम वृक्षारोपन, सांस्कृतिक कार्यक्रम, ललितपुर जिल्लाको दुर्गम क्षेत्रमा शैक्षिक सामाग्री बितरण जस्ता थुप्रै कार्यक्रम गर्दै आइरहेको भन्दै युवा नेता महर्जनले खुसी व्यक्त गरेका छन् ।
रक्तदान कार्यक्रममा जनजाती महासंघका उप–महासचिव तथा नेपाली कांग्रेस नेता रामकृष्ण लामा, ललितपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष एवम् तरुण नेता विनोद महर्जन, नेविसंघ ललितपुरका जिल्ला अध्यक्ष अजय श्रेष्ठ, विद्यार्थी नेता युवराज लामा कलाकार, खेलाडीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा १ सयभन्दा बढिले रक्तदान गरेका छन् ।
स्कुल अफ डेमोक्रेसी ललितपुरका कार्यबाहक अध्यक्ष किरण घिमिरेको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा १३औं सागमा कास्य पदक बिजेता उसु खेलका निकेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।
नेता महर्जनले समाजिक काममा स्कुल अफ डेमोक्रेसीले काम गरेको भन्दै आगामी दिनमा यस्तै रचनात्मक कार्य गर्न सुझाव दिएका छन् ।





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।