आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

गोकुल बास्कोटाले ७० करोड होइन, अर्ब अर्ब हान्दिएको भनेपछि यी निर्देशकले गरे सँगै भिड्ने घोषणा

गोकुल बास्कोटाले ७० करोड होइन, अर्ब अर्ब हान्दिएको भनेपछि यी निर्देशकले गरे सँगै भिड्ने घोषणा

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ९ २०७९

  • 8.0K
    SHARES

  • गोकुल बास्कोटाले ७० करोड होइन, अर्ब अर्ब हान्दिएको भनेपछि यी निर्देशकले गरे सँगै भिड्ने घोषणा

    काठमाडौं - एमाले नेता गोकुल बास्कोटा फेरि एकपटक आफ्नो अभिव्यक्तिका कारण चर्चामा छन् ।

    स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा बास्कोटाको एउटा भिडियो क्लिप्स सामाजिक सञ्जालमा भाइरल बनेको छ । काभ्रेमा आयोजित एक कार्यक्रममा बास्कोटाले ‘७० करोड मात्र किन ७० अर्ब हानिदिएको हामीले’ भन्ने अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

    उनले भनेका छन्, ‘तपाईंहरू सुन्नुहुन्छ ७० करोड भनेर । अर्ब अर्ब हानिदिएको हामीले । ७० अर्ब के फरक पर्छ । परियोजना जोड्नु नि । व्यक्तिगत हो ? निजी खाइदिएको छ ? निजी खाइदिएको भए यिनको परमादेशी, यिनको अदालत, यिनको जम्मै भएको बेलामा बाटो हिँड्न नदिएर समातेर कुटेर घोचेर कोर्रा हान्छन् नि अरेबियन कन्ट्रितिर, त्यसो गरेर छोड्थे ।

    हामीलाई के डर छैन भने हामीले जे गरेका थियौं ठीक गरेका थियौं । त्यही भएर ज्ञानेन्द्र कार्की गएर २२ अर्बको परियोजना अब कतिमा गर्छन् हेर्नु छ नि । अब म यो साल बोल्दिनँ । अर्को साल बोल्छु । त्यो कतिमा गरिस् भनेर ।’

    बास्कोटाले सार्वजनिक कार्यक्रममा खुलमखुला भ्रष्टाचार गर्ने बताएपछि चर्चित चलचित्र निर्देशक मनोज पण्डितले आगामी संघीय निर्वाचनमा उनीविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् । पण्डितले सामाजिक सञ्जालमार्फत संघीय संसदको चुनावमा एमाले नेता तथा पूर्वसञ्चारमन्त्री बास्कोटाविरुद्ध काभ्रेमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    देशमा खुलमखुला भ्रष्टाचार गरेर पनि छाती फुलाएर हिँड्ने बाँस्कोटा प्रवृत्तिविरुद्ध आउने संघीय संसदको चुनावमा काभ्रे क्षेत्र नम्बर २ बाट आफूले उम्मेदवारी दिने उनले बताए ।

    ‘राजनीतिलाई घृणित धन्दा र उट्पट्याङ मजाक बनाउने यो राजनीतिज्ञ मेरो क्षेत्र काभ्रे २ बाट संसदीय निर्वाचनमा चुनिएर सञ्चारमन्त्रीसम्म भएको हुँदा यिनको खुलेआम धम्कीले मेरो नागरिकतालाई गिज्याएको अनुभूति भयो र निर्णय गरेँ कि अबको संसदीय निर्वाचनमा म यो असंवेदनशील राजनीतिज्ञविरुद्ध स्वतन्त्र उम्मेदवारका रूपमा उठ्ने छु,’ पण्डितले लेखेका छन्, ‘राजनीतिलाई घृणित धन्दा र उट्पट्याङ मजाक बनाउने यो राजनीतिज्ञ मेरो क्षेत्र काभ्रे २ बाट संसदीय निर्वाचनमा चुनिएर सञ्चारमन्त्रीसम्म भएको हुँदा यिनको खुलेआम धम्कीले मेरो नागरिकतालाई गिज्याएको अनुभूति भयो र निर्णय गरें कि अबको संसदीय निर्वाचनमा म यो असंवेदनशील राजनीतिज्ञको विरुद्ध स्वतन्त्र उम्मेदवारको रुपमा उठ्ने छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७११:५१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend